काठमाडौं । त्रिवेणी विकास बैक लिमिटेडको ११औं वार्षिक साधारणसभाले २०.७५ प्रतिशत लाभांस पारित गरेको छ । सभाले १०.७५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका १३ शाखा कार्यालय, ६ सिमित बैकिङ ईकाइ र बुटवल औद्योगिक क्षेत्रभित्र एक एक्सटेन्सन काउण्टर सञ्चालनमा छन् । बैंकको पछिल्लो विवरण अनुसार निक्षेप ४ अर्ब ६१ करोड तथा कर्जा लगानी ३ अर्ब ७१ करोड पुगेको छ । साथै बैंकको निक्षेप तथा कर्जा लगानीको अनुपात ७३.१४ प्रतिशत रहेको छ ।
सभाले पब्लीक डेभलपमेण्ट बैंक लिमिटेडसँग मर्ज गर्ने प्रस्ताव पनि पारित गरेको छ । मर्जरपछि बैंक राष्ट्रिय स्तरको विकास बैंक हुने छ । चुक्ता पुँजी ७४ करोड पुग्ने तथा शाखा संख्या २३ पुग्ने छ ।

यसैगरी ब्राइट डेभलपमेण्ट बैंक लिमिटेडको ५औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले ब्राइट, त्रिबेणी विकास बैंक र पब्लिक डेभलपमेण्ट बैंक एक आपसमा गाभिइ राष्ट्रीयस्तरको विकास बैंक बन्ने बिशेष प्रस्ताव पारित गरेको छ । सभाले मर्जरपछि बन्ने त्रिवेणी विकास बैंकको संचालक समितिमा संस्थापनबाट भेजप्रसाद तिमिल्सिना र सर्वसाधारणबाट वालकुमार वास्तोलाले प्रतिनिधित्व गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।











