आइएलएफसी माइक्रो फाइनान्सको साधारणसभा, चार करोडको साधारण सेयर निस्कासन चाँडै

बिजमाण्डू
२०७१ पुष १८ गते ००:०० | Jan 2, 2015
आइएलएफसी माइक्रो फाइनान्सको साधारणसभा, चार करोडको साधारण सेयर निस्कासन चाँडै

Tata
GBIME
Nepal Life

काठमाडौं । आईएलएफसी माइक्रोफाइनान्स वित्तीय संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको सभापतित्व संस्थाको सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका थिए ।

इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित यस संस्थाको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । 
 

संस्थाको कूल सदस्य दुई हजार ३८७, लगानीमा रहिरहेको ऋण रकम ८ करोड २० लाख १४ हजार ६१८ छ । कर्जाबाट ब्याज आम्दानी ४९ लाख ७६ हजार ४७३ छ । संस्थाले सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत साधारण सेयर चाँडै निस्कासन गर्ने जनाएको छ ।