क्लिन भिलेज माइक्रोफाइनान्सले सर्वसाधारणलाई सेयर दिने, एक लाख २० हजार कित्ता निस्कासन गर्दै

बिजमाण्डू
२०७१ पुष २१ गते ००:०० | Jan 5, 2015
काठमाडौं । क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणलाई एक लाख २० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर निस्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । 
 
क्लिन भिलेजका प्रमूख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल र एनएमबि क्यापिटलका प्रमूख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सेयर निस्काससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
 
पोखरामा केन्द्रीय कार्यालय रहेको क्लिन भिलेज माइक्रोफाइनान्सले कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, रसुवा, नुवाकोट, सिन्धुपालचोक, दोलखा, रामेछाप, सोलुखुम्वु र ताप्लेजुङ जिल्लाका २२ शाखा सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले १२ हजार दुई सय घरपरिवारलाई बिना धितो करिव २७ करोड कर्जा प्रवाह गरेको छ । पाँ करोड ५० लाख वचत गरेको प्रमूख कार्यकारी अधिकृत लम्सालले बताए । 

 
क्लिन इनर्जी डेभलपमेन्ट बैंककोे ५१ प्रतिशत सेयर सहित चार करोड चुक्तापु“जी भएको सहायक कम्पनीको रुपमा स्थापित यस वित्तीय संस्थाले राष्ट्र बैंकबाट २०६९ फागुन २० मा वित्तीय कारोवारको इजाजतपत्र प्राप्त गरेको थियो ।