वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी पर्ने क्रम बढ्यो, मंसिरमा मात्रै दुईसय २६ उजुरी पर्‍यो

बिजमाण्डू
२०७१ पुष २७ गते ००:०० | Jan 11, 2015
वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी पर्ने क्रम बढ्यो, मंसिरमा मात्रै दुईसय २६ उजुरी पर्‍यो

काठमाडौं। गएको मंसिरमा मात्रै वैदेशिक रोजगारीसँग सम्बन्धित दुईसय २६ वटा उजुरी परेका छन्। मंसिरमा व्यक्तिगत उजुरी ६६ वटा र संस्थागत उजुरी एकसय ६० वटा परेका वैदेशिक रोजगार विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

विभागका अनुसार यो उजुरी संख्या कात्तिकको भन्दा धेरै हो। कात्तिकमा व्यक्तिगततर्फ ६१ वटा र संस्थागततर्फ एकसय ३७ वटा उजुरी परेका थिए।
विभागले मंसिरमा मात्रै दुई करोड २३ लाख ४१ हजार रुपैयाँ माग दावीसहितको उजुरी परेको जनाएको छ। यस्तै यही अवधिमा ४९ लाख ३५ हजार रुपैयाँ बिगो भराएको पनि विभागले जनाएको छ।

विभागले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा नौ करोड ३९ लाख ५३ हजार रुपैयाँ माग दावी गरिएको छ। विभागले यही अवधिमा विभिन्न व्यक्त तथा संस्थाबाट दुई करोड ३५ लाख ७८ हजार नौसय रुपैयाँ विगो भराएको जनाएको छ।

यस्तै मंसिरमा व्यक्तिगत तर्फका १६ वटा र संस्थागत तर्फका ७५ वटा उजुरी फर्च्यौट गरिएको विभागले जनाएको छ। यस्तै मंसिरमा मात्रै १४ वटा मुद्दा अदालतमा दर्ता गरेको पनि विभागले जनाएको छ।

विभागले यो अवधिमा व्यक्तिगत एक करोड ५८ लाख १४ हजार रुपैयाँ बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ। यस्तै विभागले संस्थागत उजुरीका आधारमा मंसिरसम्मा २० वटा म्यानपावरलाई रोक्का गरेको पनि जनाएको छ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मा एकलाख २६ हजार पाँचसय ६६ जनाले पूर्वस्वीकृति लिएका छन्। यसरी स्वीकृति लिनेमध्ये एकलाख २२ हजार दुईसय ६३ पुरुष र चारहजार तीनसय तीन महिला रहेका छन्।