विशाल ग्रुपले ल्यायो बाइक अफ दि एयर बिजेता सुजुकी जिक्सर मोटरसाइकल, पाँच रंगमा उपलब्ध

बिजमाण्डू
२०७१ पुष २९ गते ००:०० | Jan 13, 2015
विशाल ग्रुपले ल्यायो बाइक अफ दि एयर बिजेता सुजुकी जिक्सर मोटरसाइकल,  पाँच रंगमा उपलब्ध

काठमाडौं। विशाल ग्रुपले सुजुकी मोटरसाइकल जिक्सर नेपाली बजारमा ल्याएको छ। विशाल ग्रुप (भिजीले) भारतको ब्लुमवर्ग टिभी अटोकार इन्डिया अवार्ड २०१५ को दिइने बाइक अफ दि एयर विजेता जिक्सर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो। जिक्सरले जनवरी ९ मा यो अवार्ड पाएको थियो।

Tata
GBIME
Nepal Life

एसइपी प्रविधिमा बनेको जिक्सर मोटरसाइकल स्टाइलिस र निकै पावरफुल भएको कम्पनीले जनाएको छ। भारतको पहिलो स्ट्रिट स्पोर्ट जिक्सर बाइक एकसय ५५ सिसी क्षमताको हो।


स्पोर्टी ह्यान्डलिङ भएको यो मोटरसाइकलमा
मिड रेन्जपावर भएको एक्सिलेटर रहेको छ। मोटरसाइकलमा भएको नवीनतम सुविधा र आकर्षक डिजाइनले नै जिक्सरलाई यो अवार्ड दिएको कम्पनीको दावी छ।

यो मोटरसाइकल नेपाली बजारमा पाँच रंगमा उपलब्ध छ। मेटालिक ट्रिटन ब्लु, क्यान्डी एटारेस रेड, पर्ल मिरेज ह्वाइट, ग्लास स्पार्कल ब्ल्याक र मेटालिक ग्रे रङमा जिक्सर उपलब्ध रहेको विशाल ग्रुपले जनाएको छ।

भिजी अटोका महाप्रबन्धक अधीर श्रेठले नेपालमा मोटरसाइकल प्रेमीका लागि यो मोटरसाइकल उपयुक्त हुने बताए। उनले यो मोटरसाइकल स्टाइल र पर्फर्मेन्सका हिसाबले पनि उत्कृष्ठ हुने दावी गरे।