वैदेशिक रोजगार व्यवसायी संघ सहमतिमा निर्वाचन गर्दै, केही दिनमै नयाँ संयोजक तोक्ने

बिजमाण्डू
२०७१ पुष ३० गते ००:०० | Jan 14, 2015
वैदेशिक रोजगार व्यवसायी संघ सहमतिमा निर्वाचन गर्दै, केही दिनमै नयाँ संयोजक तोक्ने

काठमाडौं । झन्डै डेढ वर्षदेखि दुई ध्रवमा विभाजित वैदेशिक रोजगार व्यवसायी एकीकृत हुने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजित हुँदा व्यवसायीनै कमजोर भएको निष्र्कष निकाल्दै एकीकरणको प्रयास भएको हो ।

Tata
GBIME
Nepal Life

‘संघलाई एकीकृत रुपमा अघि बढाउने प्रयास सुरु भएको छ । संघ विभाजित हुँदा व्यवसायीका मुद्दा कमजोर भयो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष बलबहादुर तामाङले बिजमान्डूसँग भने, ‘अहिले छलफलको चरणमा छौ ।’

कांग्रेस समर्थित नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरम र नेकपा एमाले समर्थितप्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको तानातामा संघ परेको थियो ।

यी दुई संस्थाको शक्ति सर्घषले संघमा आ–आफ्नै आधिकारिताको दावी गर्दै आएका थिए । संघको साधारणसभाबाट निर्वाचित भएका तामाङले व्यवसायीको हित विपरित काम गरेको आरोप लगाउँदै दुई तिहाईबाट हटाएको घोषणा गरेका थिए । यो घोषणापछि संघको निर्वाचनमा तामाङसँग पराजित हंशराज वाग्ले अध्यक्ष बनेका थिए । यो निर्णयपछि तामाङ अदालत गएका थिए ।

व्यवसायीका अनुसार तामाङले अदालतको मुद्वा फिर्ता लिने र वाग्लेले निर्वाचन गराउने सहमति भएको छ । यही सहमतिमा टेकेर संघलाई एकजुट बनाएर लैजान खोजिएको तामाङले बताए । संघका निर्वतमान उपाध्यक्ष कुमुद खनालले निर्वाचनका लागि दुई पक्षको मान्य हुने संयोजक तोकिने जानकारी दिए ।
‘दुई पक्षको छलफलमा संयोजक तोकिनेछ । त्यही संयोजकले नयाँ निर्वाचन गराउनेछन्,’ उनले भने, ‘छलफलबाट सबैलाई मान्य हुने व्यक्ति राखिनेछ ।’ माघ ५ गते नै निर्वाचन गर्ने तयारी भएको थियो । तर यो मितिमा निर्वाचन गर्न सहमति जुटेन । थप छलफल गरेर निर्वाचनको मिति तोक्न दुबै पक्ष सहमत भएका छन् ।