फागुनमा इन्टरप्रेनर्स बुट क्याम्प हुने, युवालाई उद्यमशील बनाउने कार्यक्रमको मूल लक्ष्य

बिजमाण्डू
२०७१ पुष ३० गते ००:०० | Jan 14, 2015
फागुनमा इन्टरप्रेनर्स बुट क्याम्प हुने, युवालाई उद्यमशील बनाउने कार्यक्रमको मूल लक्ष्य


काठमाडौं । सकारात्मक व्यवसायिक सोच भन्ने नाराका साथ काठमाडौंमा यही फागुन १४ गतेदेखि तीनदिनसम्म इन्टरप्रेनर्स बुट क्याम्प हुने भएको छ । पार्क भिलेज रिसोर्ट काठमाडौंमा हुने कार्यक्रम फागनु १४ गतेदेखि १६ गतेसम्म चल्ने आयोजक युवा उद्यमी मञ्चले जनाएको छ । अमेरिकी दूतावाससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।

Tata
GBIME
Nepal Life

बुट क्याम्पमा छनौट भएका युवालाई उद्यमशीलताको लागि सहयोग गरिने युवा उद्यमी मञ्चका प्रेस संयोजक सुदर्शन बस्नेतले जानकारी दिए ।

मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले उद्यमशीलताको विकासका नेपालमै पहिलो पटक कार्यक्रम आयोजना गरिएको भन्दै यो कार्यक्रम वार्षिक दुईवटा गरिने बताए ।

बुट क्याम्पमा देशैभरीबाट खुला प्रतिस्पर्धामार्फत ३२ जना युवा युवतीको छनौट गरी उनीहरुको व्यावसायिक सोचलाई मुर्त रुप दिन विभिन्न विषयमा तालिम दिइने छ । कार्यक्रममा उनीहरुलाई कसरी व्यवसाय सुरु गर्ने, व्यावसायिक योजना बनाउने जस्ता विषयमा देशका सफल उद्यमी व्यवसायीबाट प्रशिक्षण दिने तथा उनीहरुको समन्वयमा सहभागिलाई नै पूर्ण व्यावसायिक योजना बनाउन लगाइने आयोजकले जनाएको छ ।

तीन दिनसम्म आवासीय बुट क्याम्पमा तयार पारिएको व्यावसायिक योजनालाई स्वतन्त्रनिर्णायक मण्डलमा प्रस्तुत गरी उत्कृष्ट योजना बनाउने एक जनालाई नेपाली युवा उद्यमी मञ्चले बनाउन लागेको इन्क्युवेशन सेन्टर र एक्सिलेटर प्रोग्राममा सहभागी गराइने पनि आयोजकले जनाएको छ ।