काष्ठमण्डप डेभलपमेन्ट बैंकको कामु सिइ‍ओमा उमेश रेग्मी, ११ वर्षभन्दा बढीको अनुभव

बिजमाण्डू
२०७१ पुष ३० गते ००:०० | Jan 14, 2015
काष्ठमण्डप डेभलपमेन्ट बैंकको कामु सिइ‍ओमा उमेश रेग्मी, ११ वर्षभन्दा बढीको अनुभव

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा उमेश रेग्मी नियुक्त भएका छन् । रेग्मीलाई माघ एक गते देखि लागु हुनेगरी कामु सिइओ नियुक्त गरिएको हो ।  

यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार राजभण्डारीको पदावधि पुस समान्तमा सकिएपछि रेग्मी यो पदमा नियुक्त भएका हुन् । रेग्मी यस अघि बैंकको नायव महाप्रबन्धक पदमा कार्यरत थिए । काष्ठमण्डप डेभलपमेन्ट बैंक र शिखर वित्तीय सस्था एक आपसमा गाभिएपछि रेग्मी बैंकको नायव महाप्रबन्धक भएका हुन् । यी दुई सस्था गाभिनु अघि रेग्मी शिखर वित्तीय सस्थाको महाप्रबन्धक थिए ।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय सस्थाको उच्च व्यवस्थापनमा रेग्मीले ११ वर्ष भन्दा बढीको अनुभव हासिल गरिसकेका छन् । उनले करिब तीन वर्ष तत्कालिन रोयल मर्चेन्ट बैं बैंकिङ एण्ड फाइनान्समा, करिब तीन वर्ष तत्कालिन शुभलक्ष्मी फाइनान्समा र दुई वर्ष शिखर वित्तीय सस्थामा काम गरेका थिए ।  खराव कर्जा असुल गरि बैंकको नाफाको दर बढाउनु उनका लागि चुनौति हुन् ।