टाटा मोटर्सले ह्याचब्याक ‘बोल्ट’ सार्वजनिक गर्ने, नेपालमा भने आउँदो मे महिनामा ल्याउने तयारी

बिजमाण्डू
२०७१ माघ १ गते ००:०० | Jan 15, 2015
टाटा मोटर्सले ह्याचब्याक ‘बोल्ट’ सार्वजनिक गर्ने, नेपालमा भने आउँदो मे महिनामा ल्याउने तयारी


काठमाडौं। भारतकै ठुलो मोटर उत्पादक कम्पनी टाटाले आउँदो हप्ता नयाँ ह्याचब्याक कार सार्वजनिक गर्ने भएको छ। टाटाले नयाँ ह्याचब्याक कार बोल्ट आउँदो हप्ता मुम्बईमा सार्वजनिक गर्न लागेको हो। यो कारको मूल्य चारलाख २५ हजारदेखि ६ लाख ५० हजार भारुसम्म पर्ने छ।

Tata
GBIME
Nepal Life

अटो एक्सपो २०१४ मा ‘शोकेश’को रुपमा देखाइएको कार सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको टाटा मोटर्सका उच्च अधिकारीलाई उधृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन्। यो कार अहिलेका लागि कम्पनीको वेवसाइटमार्फत बुकिङ गर्न सकिन्छ। यो कारो बुकिङ गर्न ११ हजार भारु तिर्नुपर्ने समाचारमा जनाइएको छ।

‘यो कार आउँदो जनवरी २२ मा सार्वजनिक हुनेछ। कम्पनीले नयाँ क्वालिटीको उत्पादन बजारमा ल्याएको छ र अटो बजारमा यो नयाँ उत्साह हुने छ,’ टाटाको प्यासेन्जर बिजनेश युनिटका अध्यक्ष मयन्क परिखले भनेका छन्।

टाटाले बोल्ट कार पछि यो ह्याचब्याक गाडी ल्याउन लागेको हो। यो कार डिजेल र पेट्रोल दुवै मोडलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

पेट्रोल भ्यारिएन्टको कारमा १.२ लिटरको टर्बोचार्ज्ड मल्टी पोइन्ट फ्यूल इन्जेक्सन राखिएको टाटाले जनाएको छ। यो कारले मारुती स्वीफ्ट, फक्सवागेन पोलो, निसान माक्रा र रिनल्ट प्लससँग प्रतिस्पर्धा गर्ने छ। टाटा मोटर्स भारतमा मोटर ब्यापारबाट आम्दानी गर्ने कम्पनीमध्येकै पहिलो पर्छ। नेपालमा भने यो कार आउँदो मे मा ल्याउने तयारी टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ।