सुरुङमार्गको फाइनान्सियल क्लोजर माघ भित्रै, तीन अर्ब रुपैयाँ ‘प्रि आइपिओ’ बाट संकलन गर्ने

बिजमाण्डू
२०७१ माघ १ गते ००:०० | Jan 15, 2015
सुरुङमार्गको फाइनान्सियल क्लोजर माघ भित्रै, तीन अर्ब रुपैयाँ ‘प्रि आइपिओ’ बाट संकलन गर्ने

काठमाडौं। नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङ मार्गको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) यही जनवरीको अन्त्यसम्ममा सरकारलाई बुझाउने भएको छ। २० प्रतिशत नेपाली र ८० प्रतिशत क्यानेडियन लगानीमा बन्ने आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धि प्रतिवेदन जनवरी भित्रै सरकारलाई बुझाउने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताए।

Tata
GBIME
Nepal Life

‘हामीले लगानीमध्ये दुई अर्ब लगानीको प्रतिबद्धता आइसकेको छ, लगानीको लिगल डकुमेन्ट जनवरी भित्र नै सरकारलाई बुझाउछौं।’
कुशकुमार जोशी
अध्यक्ष, नेपाल पूर्वाधार विकास कम्पनी

 

करिब ३५ अर्ब रुपैयाँमा बन्ने सुरुङ मार्ग निर्माणका लागि कम्पनीले सात अर्ब रुपैयाँ लगानी जुटाउनु पर्नेछ। ‘हामीले लगानीमध्ये दुई अर्ब लगानीको प्रतिबद्धता आइसकेको छ,’ जोशीले भने, ‘हामीले बनाउनु पर्ने लगानीको लिगल डकुमेन्ट जनवरी भित्र नै सरकारलाई बुझाउछौं।’

बुधबार सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जोशीले बाँकी पाँच अर्ब मध्ये तीन अर्ब रुपैयाँ ‘प्रि आइपिओ’ बाट संकलन गर्ने र दुई अर्ब आयोजना पुरा भएपछि सेयर जारी गरेर संकलन गरिने जोशीले बताए।

प्रि आइपिओ जारी गर्न धितोपत्र बोर्डमा निवदेन दिइसकेको र छिट्टै नै बोर्डबाट त्यसलाई पारित गराएर काम अगाडि बढाइने पनि उनले जानकारी दिए।

सुरुङ मार्गको प्राविधिक पक्षको भने ८० प्रतिशत लगानी गर्न तयार भएको क्यानेडिएन कम्पनी इएक्सपी सर्भिसले डिजाइन भेरिफिकेसन गरिरहेको छ। ‘नेपाली इन्जिनियरले बनाएको सुरुङ मार्गको डिडाइज भेरिफिकेसन क्यानेडिएन प्राविधिकहरुले गरिरहेका छन्,’ जोशीले भने, ‘हामीले सुखद मान्नु पर्ने पक्ष के छ भने नेपाली इन्जिनियरले गरेका कामको क्यानेडेली पक्षले राम्रो मानेको छ।’

जोशीले १७ सदस्सीय क्यानेडियन टोलीले फेब्रुअरी भित्रमा काम सक्ने र छिट्टै नै जग्गा खरीददेखि अरु काम सकेर आयोजना निर्माणको काम अगाडि बढाइने जानकारी दिए। अहिल भइरहेको अध्ययनबाट ५८ किलोमिटर भनिएको सुरुङमार्गको लम्बाइ पनि दुई किलोमिटर घटेको जोशीले जानकारी दिए।

यसैबीच कम्पनीका अध्यक्ष जोशीले आफूहरुले कम्पनीका काम कुनै भत्ता नलिइ गरिरहेको बताए। अहिले कम्पनी भर्खरै ‘ग्रो’ गर्ने अवस्थामा रहेको आफूहरु मितव्ययिता अपनाउने भन्दै भत्ता बिना नै काम गरिरहेको उनले बताए।

‘हामीले विशेद भ्रमणदेखि यहाँका सबै काम आफ्नै खर्चमा गरेका छौं,’ उनले भने, ‘अहिले कम्पनीबाट बैठक भत्तादेखि भ्रमण खर्च केही पनि लिएका छैनौं।’