पुस मसान्तसम्ममा विश्व विकासको नाफा आठ करोड ८५ लाख, अघिल्लो त्रैमासको तुलनामा ठुलो वृद्धि



बिजमाण्डू
२०७१ माघ ३ गते ००:०० | Jan 17, 2015
पुस मसान्तसम्ममा विश्व विकासको नाफा आठ करोड ८५ लाख, अघिल्लो त्रैमासको तुलनामा ठुलो वृद्धि


काठमाडौं। विश्व विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड ८५ लाख रुपैयाँ संचालन नाफा गरेको छ। बैंकले यो अवधिमा चार अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले चालु आवको असोज मसान्तसम्ममा तीन अर्व ८४ करोड निक्षेप संकलन गरी तीन अर्व ३५ करोड कर्जा लगानी गरेको थियो। उक्त अवधिमा बैंकले तीन करोड ४६ लाख सञ्चालन नाफा गरेको पनि बैंकले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको सञ्चालन नाफामा ८२.८५ प्रतिशत, निक्षेपमा १९.४३ प्रतिशत र कर्जामा ३७.५९ प्रतिशत बृद्धि भएको बैंकले जनाएको छ।

सात वर्ष अघिदेखि सञ्चालनमा रहेको बैंकका हालसम्म प्रधान कार्यालयसहित १४ वटा शाखा कार्यालय तथा ११ ठाउँमा आफ्नै एटिएम आउटलेट सञ्चालनमा ल्याएको छ। बैंकले फेवा फाइनान्ससँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ।