काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको २० करोड रुपैयाँभन्दा वढीको सेयर कारोबार भएको छ । आइतबार नेपाल स्कटक एक्सचेन्ज (नेप्से) मा भएको कुल कारोबारमध्ये ४० प्रतिशत किनबेच स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको मात्र भएको छ ।
संस्थापक सेयरधनीहरुमध्ये नै यो सेयर किनबेच भएको छ । पुजा सावुन उत्पादन गर्ने कम्पनी पशुपति सोप इन्डस्ट्रिज प्रालिले सेयर बिक्री गरेको हो । बैंकको एक लाख आठ हजार ५८६ कित्ता सेयर किनबेच भएको छ ।
पशुपति सपका प्रबन्ध निर्देशन शंकरलाल अग्रवालले सेयर बिक्री गरेका हुन् । उनको सबै सेयर शशि अग्रवाल र समूहले खरीद गरेको हो । शशी र शंकरलाल दुवै स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनी हुन् ।
पछिल्लो वित्तीय विवरण अनुसार, बैंकमा पशुपति शपको ०.५३ प्रतिशत र त्यति नै शशी अग्रवालको सेयर छ । बैंकमा प्रियङका अग्रवाल, अभिनास अग्रवा, कोमल अग्रवाल, शंकरलाल अग्रवाल र अर्जुनबन्धु रेग्मीको पनि ठूलो सेयर हिस्सा छ ।
शंकरलाल अग्रवालको सावुनको उद्योग बन्द भएको एक दशकभन्दा वढी भइसकेको छ । सुनसरीको सोनापुरमा कारखाना थियो । कारखानाको सम्पति पनि अझै पनि छँदैछ ।
बैंकको सेयर प्रति किा ९० रुपैयाँ घटेर किनबेच भएको छ । ८९ पटक कारोबार भएको थियो । प्रति कित्ता १८ सय ३० रुपैयाँका दरले सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।











