अब इटालीको भिसा नेपालमै अप्लाइ गर्न सकिने, कलकत्ताको कन्सुलर मातहत काठमाडौंमा कार्यालय

बिजमाण्डू
२०७१ माघ ८ गते ००:०० | Jan 22, 2015
अब इटालीको भिसा नेपालमै अप्लाइ गर्न सकिने, कलकत्ताको कन्सुलर मातहत  काठमाडौंमा कार्यालय

काठमाडौं। इटालीको कन्सुलेट जनरलको कार्यालय कलकत्ताले काठमाडौंमा भिसा एप्लिकेशन सेन्टर सुरु गरेको छ। आउटसोर्सिङ एजेन्सी भिएफएस ग्लोबलसँगको सहकार्यमा इटालीलेक ठमाडौंमा भिसा एप्लिकेसन सेन्टरको सुरुवात गरेको छ। यो सेन्टरबाट नेपालीहरुले इटाली सेन्जेन भिसा अप्लाइ गर्न सक्ने र यो भिसा प्राप्त गर्नेले इटाली र युरोपको भ्रमण गर्न सक्ने जनाइएको छ।

सेन्जेन नियम युरोपका २६ देशभित्र लागु हुनेछ। इटाली हुँदै युरोप भ्रमण गर्न चाहने तथा इटाली भ्रमण गर्न चाहने नेपालीले कलकत्तामा रहेको कन्सुलेट जनरलको कार्यालयमा काठमाडौंमा रहेको एप्लिकेसन सेन्टरबाट भिसा आवेदन दिन सक्नेछन्।

Tata
GBIME
Nepal Life

कलकत्तास्थित कन्सुलर जनरल सिजर बिलर र भिएसएफ ग्लोबलका उत्तर पूर्वी एसियाका हेड अपरेसन्स अतुल मार्वाहले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गरे। भिएसएफ ग्लोबल इटालीका लागि एसियाली क्षेत्रबाट भिसा एप्लाइका लागि सुरु गरिएको भिसा आवेदनमा सहयोग गर्ने कम्पनी हो। यो कम्पनी २५ देशमा सक्रिए छ। उसले विभिन्न ४६ केन्द्रबाट यो सेवा दिँदै आएको छ।