सूचना प्रविधिको क्षेत्रमा काम गर्नेको तलब सबैभन्दा धेरै, डाक्टर र बैंकरभन्दा वढी तलब सुबिधा

बिजमाण्डू
२०७१ माघ ९ गते ००:०० | Jan 23, 2015
सूचना प्रविधिको क्षेत्रमा काम गर्नेको तलब सबैभन्दा धेरै, डाक्टर र बैंकरभन्दा वढी तलब सुबिधा
न्युदिल्ली । सबैभन्दा धेरै पैसा कसले कमाउलाई मानिसहरुको सहज उत्तर हुन्छ, डाक्टर, पाइलट वा बैंकर। तर पछिल्लो एक अध्ययनले यी तीनै क्षेत्रमा काम गर्नेको तलबलाई सूचना प्रविधिको क्षेत्रमा काम गर्नेको तलबले जित्ने गरेको देखाएको छ। 
 
घण्टाका हिसाबले धेरै कमाउनेमा डाक्टर, पाइलट तथा बैंकरलाई आइटी क्षेत्रमा काम गर्नेले जित्ने प्रतिवेदनले देखाएको छ। 


 
भारतमा आइटी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब अरुको तुलनामा धेरै रहेको पाइएको छ। सर्वेक्षण अनुसार आइटी क्षेत्रमा कार्यरत कर्मचारीले घण्टाको तीनसय ४१ दशमलव आठ भारु प्रतिघण्टा कमाउने गरेका छन्। जबकी बैंक तथा वत्तीय क्षेत्रमा काम गर्नेको तलब दुईसय ९१ भारु रहेको छ। 
 
अनलाइन करिअर एन्ड रिक्रुटमेन्ट सोलुसन्स प्रोभाइडर मोन्स्टर इन्डियाका अनुसार औषत रुपमा धेरै तलब खाने कर्मचारी सूचना प्रविधि क्षेत्रमा कार्यरत छन्। उनीहरुको औषत तलब तीनसय ४१ दशमलव आठ भारु छ। औषत रुपमा प्रतिघण्टा आम्दानी गर्नेमध्ये उनीहरु सबैभन्दा अगाडि छन् ।
 
यस्तै निर्माण क्षेत्रमा कार्यरतको तलब दुईसय ५९ भारु प्रतिघण्टा छ। यस्तै शिक्षामा काम गर्नेले एकसय ८६ दशमलव पाँच, स्वास्थ्य क्षेत्रमा दुईसय १५, कानुनी क्षेत्रमा दुईसय १५ दशमलव ६ तथा उत्पादन तथा यातायता क्षेत्रमा काम गर्नेले घण्टाकाको दुईसय ३० दशमलव ९ भारतीय रुपैयाँ कमाउँछन्। 
 
प्रतिवेदन अनुसार शिक्षा क्षेत्रमा काम गर्नेले सबैभन्दा थोरै पैसा कमाउँछन्। उनीहरुले एकसय ८६ दशमलव ५० डलर प्रतिघण्टा कमाउने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सबै क्षेत्रमा पुरुषका तुलनामा महिलाले कम कमाउँछन्। महिलाहरु पुरुषको तुलनामा १८ प्रतिशत कम कमाउने प्रतिवेदनमा उल्लेख गरिएको छ। 
 
मोन्स्टर इन्डियाका प्रबन्ध निर्देशक सञ्जय मोदीले मानिसलाई रोजगारी दिने तथा मानिसको आम्दानी बढाउने विषयमा भारतले ठुलो फड्को मारेको भन्दै विकास र समृद्धिमा भारत निकै अगाडि बढेको बताए। 
 
प्रतिवेदनका अनुसार अमेरिका लगायतका ठाउँमा महिलाको आम्दानी पुरुषको भन्दा निकै कम रहेको पनि जनाएको छ। यस्तै भारतलगायतका ठाउँमा पनि लिंगका आधारमा तलबमा ठुलो अन्तर हुने ठाउँमा भारत पनि अग्रस्थानमा रहेको बताएको छ। 
 
सूचना प्रविधिको क्षेत्रमा पनि महिलाहरुले पुरुषको तुलनामा ३४ प्रतिशत कम आम्दानी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै वत्तीय क्षेत्रमा यो अन्तर १९ प्रतिशतको रहेको छ । 
 
महिलाको आम्दानी पुरुषको तुलनामा कम भए पनि सुपरभाइजरलगायतका पदमा महिलाहरुको पनि उल्लेख्य उपस्थिती बढ्न थालेको प्रतिवेदनमा जनाइएको छ। 
 

Tata
GBIME
Nepal Life