राष्ट्र बैंकको माइक्रो म्यानेजमेन्ट बजारले ल्याएको हो, सिद्धार्थ बैंकका सिइओको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ माघ ११ गते ००:०० | Jan 25, 2015
राष्ट्र बैंकको माइक्रो म्यानेजमेन्ट बजारले ल्याएको हो, सिद्धार्थ बैंकका सिइओको अन्तर्वार्ता
टार्गेट भनेको बलियो वित्तीय संस्था हुने भन्ने हो । हामी नम्बरतिर लाग्दैनौं । वल्र्डकपमा दौडिने जति पनि खेलाडीहरु छन्, त्यसमध्ये एउटा प्रथम हुन्छ । त्यसमा सेकेन्ड, थर्ड वा छानिएका त कमजोर हुँदैनन्, ती सबै राम्रा हुन् नि । हामी पनि त्यही हो । नम्बर वान टु भन्दा पनि राम्रो वित्तीय संस्थाको स्थानमा बस्ने हो

मैले बिचमा साझा बसलाई एउटा प्रस्ताव गरेको थिएँ– तपाईको बस चढ्दा एउटा कार्ड देखाउँछ, ओर्लदाँ उसको निश्चित रकम काटिन्छ । यस्तै किसिमको बैंकिङ अरु क्षेत्रमा पनि गर्न सकिन्छ । कर्मचारी नै खटिनु पर्दैन मेसिनबाटै सेवा दिन सकिन्छ । स्कुल, कलेजमा पनि यसरी नै गर्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौं

एक बर्ष पहिले ऋणको ब्याज दर १२/१३ प्रतिशत पनि थियो । त्यही ब्याज दर अहिले साढे ६ वा सातमा आउँछ भने त्यसले इकोनोमीका लागि कति राम्रो हो ? चार पाँच प्रतिशत परिवर्तन बर्ष दिनमा हुँदै हुँदैन तर यहाँ भइरहेको छ

मेरा सञ्चालकहरुका अन्य पनि व्यवसाय छ उहाँहरुलाई समय छैन बैंकमा आउनलाई । उहाँहरुलाई आफ्नो तर्फबाट व्यवसायिक सञ्चालक छनौटको अधिकार दिनु पर्छ । ती सञ्चालक निशुल्क आउँदैनन् । उनीहरुलाई तलब सुविधा दिएर ल्याउनु पर्छ । त्यसको व्यवस्था हुनु पर्छ । उनीहरुको भूमिकाले बैंकलाई अझ माथि लैजान सहयोग पुग्छ ।


लो प्रोफाइलमै बसेर बलियो बनिरहेको छ सिद्धार्थ बैंक । बैंकको निक्षेप, कर्जा लगानी, नाफाको दर र लाभांसमा राम्रो प्रगति देखिन्छ । बैंकले व्याज बाहेकका आम्दानीका स्रोतलाई पनि फराकिलो बनाएको छ । बिजमाण्डूका लागि सुदर्शन सापकोटाले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई सोधे तपाईहरुको लक्ष आफ्नो बैंकलाई कति नम्बरमा राख्ने हो ?

Tata
GBIME
Nepal Life

सिद्धार्थ बैंक आउनुअघि पनि धेरै वटा बैंक सञ्चालनमा थिए, सिद्धार्थपछि पनि आएका छन् । अघि र पछि आएका कतिपय बैंकभन्दा सिद्धार्थले एकदमै राम्रो गरिरहेको देखिन्छ । लो प्रोफाइलमा बसेर अगाडि वढिरहनु भएको छ ?
मलाई लाग्दैन लो प्रोफाइल । तर प्रोफाइल कति जाने भन्ने कुरा उसको पुँजी क्षमतामा भर पर्छ । जति उसको बिजनेस दिने क्यापिटल हो त्यति नै बिजिनेस उसले एक्वायर गर्नुपर्छ । त्यो भन्दा बढीलाई मैले प्रोजेक्ट गर्न थालेँ भने त्यो बिजिनेस लिनै सक्दिन । हाम्रो क्षमतामा हामीले जति विजिनेस लिन सक्ने हो त्यतिसम्म बैंकलाई एक्सपोज गराउँदै अगाडि बढ्ने हो । त्यही भएर पनि तपाईले हामीलाई धेरै मिडियामा देख्नुहुन्न ।

काम गर्दै जाने हो । डिपोजिट नै आएन, लगानी गर्नै सकिन भने मिडियामा जाने हो । हामीले ग्राहकलाई वान टु वान भेटेर सेवा दिइरहेका हुन्छौं । उसैको ठाउँमा गएर हामी सेवा दिइरहेका छौं । जति व्यवसाय गर्ने क्षमता छ त्यति हामी गरिरहेका छौं ।

वान टु वान विजिनेस गर्दाका जोखिम पनि छन् नि । जस्तो कर्पोरेट डिपोजिटको भर पर्नु पर्ला वा लगानीका लागि पनि कर्पोरेट क्लाइन्ट नै बढी खोज्नु पर्ला । जोखिम त हुन्छ नि ?
वान टु वान भनेको मतलव रिटेल विजिनेस पनि वान टु वान गर्न सकिन्छ नि । तपाईले एउटा सेगमेन्ट समात्नु हुन्छ, त्यसका लागि मिडियाको सहारा लिनु पर्दैन । त्यही सेगमेन्टमा मैले आफूलाई एक्सपोज गर्नसक्छु । अरु क्षेत्रमा पनि यस्तै हो । जुन सेक्टर समातिन्छ त्यही आफूलाई एक्सपोज गरेर वान टु वान विजिनेस हुन्छ ।
गाडीमा वा कुनैमा एउटा लक्ष तय गर्छौं । अनि त्यो लक्ष पुरा गर्नका लागि हामी आन्तरिक रुपमै लाग्छौं । त्यसको प्रचार प्रसार गर्न जरुरी नै हुँदैन । विजिनेस पुगिरहेको छैन तर तपाईको क्षमता बढी छ भने मिडियामा पनि आउनु पर्छ, पुगिरहेको छ भने पर्दैन ।

मिडिया प्रचारवाजीलाई लो प्रोफाइल भन्न खोजेको भनेको होइन । सिद्धार्थ बैंकको सुचनाहरु सर्वसाधारणमा कम पुगिरहेको हुन्छ । अरुले केही सामान्य कुरा गरे भने पनि हल्ला खल्ला सुनिन्छ ?  
मैले भन्न खोजेको पनि त्यही हो । अहिले मसँग करिव ४० अर्ब जति निक्षेप छ । ३४ अर्ब जतिको ऋण लगानी  छ । यसको लागि मैले हल्ला गर्नै परेको छैन । मैले जसरी अनिवार्य रुपमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ, त्यो गरिरहेका हुन्छौं । वेव साइटमा पनि आइरहेको हुन्छ । जसको जति क्षमता हो उसले त्यति नै आफूलाई एक्सपोज गर्नुपर्छ । मलाई लाग्छ, बढी एक्पोज ग¥यो भने त्यसले लाभ दिँदैन ।


केही बर्षदेखिको वित्तीय विवरणहरु तुलना गरेर हेरेका छौं । सबैको जस्तै तपाईहरुको पनि मूख्य आम्दानीको स्रोत ब्याज नै हो । तर पछिल्ला केही बर्षहरुमा तपाईहरुको ब्याज बाहेकका आम्दानीहरु पनि बढिरहेका छन् । रणनीति नै परिवर्तन भएको हो ?
हामीले पछिल्लो समय तीन वटा कुराहरु फरक गरेका थियौं । एउटा, ट्रेजरी आम्दानीलाई बढाउन त्यसमा विशेष फोकस गरेर धेरै वटा टुल्सहरु प्रयोग ग¥यौं । नन्डेलिभरी फरवार्ड भन्ने इन्स्टुमेन्टमा हाम्रो राम्रो एक्सपोजर छ । यो टुल्सलाई इनिसिएट गर्ने बैंकमध्ये सिद्धार्थ पनि पर्छ । यसमा हाम्रो दखल छ । दोस्रो, हाम्रो सुनचाँदीमा पनि राम्रो छ । सुनमा त पालो अनुसार ल्याएर बिक्री गर्ने हो । चाँदी हामीले अरुबेला पनि गरिरहेका छौं । तेस्रो, हामीले रेमिटेन्स विजिनेस पनि राम्रो गर्न सकेका छौं । हामीले खाडी मुलुकबाट राम्रो रेमिटेन्स भित्राइरहेका छौं । यसबाहेकका अन्य देशहरुहरुमा पनि हामीले रेमिटेन्सको काम गरिरहेका छौं । यसको जोखिम हामीलाई केही हुँदैन, हामी क्लियरिङ हाउसका हिसाबले प्रयोग भएर यो काम गर्छौं ।
नयाँ नयाँ र इन्नोभेटिभ के गर्दै जान सकिन्छ भनेर हामी सोचिरहेका हुन्छौं, त्यही भएर पनि हाम्रो अन्य आम्दानीहरु बढेको हो ।

बैंकले राम्रो प्रतिफल दिँदै आएको छ । लगानीकर्ताले सिद्धार्थबाट नियमित प्रतिफल पनि पाइरहेका छन् । तर पुँजी बृद्धि गर्नु पर्ने कुरामा अरु बैंक जसरी अगाडि बढेको देखिन्छ, तपाईहरु देखिँदैन । डिभेन्चर जारी गरेर नै काम चलाउने रणनीति हो ?
तपाईले भनेको ठिकै हो । डिबेन्चर पनि पुँजीको एउटा स्रोत नै हो । तुरुन्तै हामीले पुँजी नबढाउँदा यो एउटा पुँजी जुटाउने वेआउट हो । आफ्नो विजिनेस बढाउँदै आफूलाई स्टेवल बनाउँदै लैजान पनि हो यो । पुँजी बृद्धि एकै पटक गर्दा त्यसको केही फाइदाहरु पनि छन्, केही वेफाइदाहरु पनि छन् ।
वेफाइदा भनेको लगानीकर्तालाई तपाईले प्रतिफल दिन नसक्नु होला । तर डिभेन्चर मोडलबाट जाँदा दुईवटै कुरा गर्न सकियो । पुँजी वढाउन बैंक सक्षम नभएको भने होइन । भोलिका दिनमा पुँजी बढाउनु पर्ने अवस्था आयो भने हाम्रो प्रवद्र्धकहरुले पैसा लगाउन सक्नु हुन्छ ।

नाफाबाटै पुँजी बढाउने भन्ने त छैन ?
दुईवटै छ । अहिलेसम्म हेर्दा हामीले मिसाएर गरेर नाफा वाँडिरहेका छौं । नगद र वोनस सेयर दिएका छौं । यसलाई हामी नियमति गर्छौं । भोलिका दिनमा आवश्यकता हुन्छ भने हकप्रद सेयर जारी गरेर पनि पुँजी बढाउँछौं ।

सिद्धार्थ बैंक भन्ने वित्तिकै मर्जर जोडिइहाल्छ । कहिले कोसँग कहिले कोसँग मर्जको हल्ला चल्छ । तर प्रकृया भने अगाडि बढेको देखिदैन ?
त्यस्तो मर्जरको कुरा सँधै भइरहेको छ भन्ने मलाई लाग्दैन । केही समयअघि कुमारी बैंकसँग मर्जर भनेर समाचारहरु आएका थिए । पक्का पनि त्यसमा केही कुराहरु भएका हुन । बिस्तृतमा केही पनि कुरा अगाडि बढेन । त्यसपछि खासै कसैसँग कुराकानी अगाडि बढेको छैन । बजारमा पनि त्यसपछि हल्ला छजस्तो लाग्दैन । मर्जरका लागि सिद्धार्थ योग्य छ भन्ने चर्चा होला तर फलानो वा त्योसँग भन्ने चर्चा अहिले छैन ।


तर सिद्धार्थ बैंकका लागि उपयुक्त संस्था त धेरै छन् नि ?
मर्जर भनेको त्यति सजिलो कुरा होइन । मर्जरका लागि संस्था कसरी अगाडि बढ्छ वा संस्था कति राम्रो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । संस्था राम्रो हुनका लागि राम्रो जनशक्ति आवश्यक पर्छ । देश कति राम्रो छ भन्ने कुरा आउँदा देशका नागरिक जति राम्रा छन् देश त्यति राम्रो हुने हो ।
हाम्रो संस्थामा जस्तो कल्चर छ, जुन सोच छ, जुन खालको काम गर्ने वातावरण छ, त्यो खालको वातावरण अर्को संस्थामा छ भने मर्जर सजिलो हुन्छ । भएन भने भोलि विवाद आएर बलियो हुने, विस्तार हुने ठाउँमा अझै तल तानिने अवस्था पनि आउँछ ।

तर, सफलताका कथा त हामीले देखिरहेका छौं नि ?
टु अर्लि टु से, ती सफलताका कथाहरु हुन् भनेर । यसको प्रभाव हेर्न तीन चार बर्ष कुर्नै पर्छ । मर्जर भएका संस्थाहरु सफलता प्राप्त गरुन् भन्ने मेरो कामना छ । कहीँकहीँ सफल हुन पनि सक्लान्, त्यो नहुने होइन ।
हाम्रो सिद्धान्त के हो भने मर्जर हुँदा कल्चरल्ली स्टाफहरु मिल्नु पर्छ । म्यानेजमेन्टको वातावरण मिल्नु पर्छ । त्यसपछि संस्थापक र वोर्डको पनि एउटै दृष्टिकोण र धारणा हुनुपर्छ । एक आपसमा नमिल्दो धारणा आयो भने संस्था ओरालो लागेर सकिन्छ । मर्जरका लागि हामी खुला छौं । सुहाउने पार्टर्नर आयो भने हामी तयार छौं ।

तपाईले भनिरहेको त नेचुरल कुरा भयो ?
यो नेचुरल उत्तरभन्दा पनि इट इज लाइक अ म्यारिज । उपयुक्त पार्टर्नर भएन भने विवाह पनि त सफल हुँदैन ।

हामी आफैले चै कतिको खोजिगरेका छौं । राष्ट्र बैंकको औपचारिकताका लागि मात्रै हो कि ?
मर्जरै गर्नुपर्छ भनेर हामी एग्रेसिभ छैनौं । मर्जर कमिटि छँदैछ, कुनैबेला कोही उपयुक्त साथी मिल्यो भने मर्जरमा पनि जान सकिन्छ ।
राष्ट्र बैंकले संस्थाहरु बलियो हुन् भनेर यो नीति ल्याएको हो । त्यो मर्जर गरेर पनि हुँदैन भने किन मर्ज गर्ने ? संस्था खरिदमा पनि हामी खुला छौं । क्षेत्रीयस्तरमा राम्रो गरिरहेका, सञ्जाल भएका संस्थाहरु छन् भने त्यस्तोलाई एक्वायर (खरिद) गर्नु पर्छ भन्ने सोच बनाएका छौें ।

बैंकहरुको टार्गेटको कुरा आउँछ । म पहिलो प्रश्नमै जोड्छु, बैंकहरुले यति बर्षमा म यो स्थानमा पुग्छु भनेर नम्बरिङ नै पनि गरिरहेका हुन्छन् । सिद्धार्थ बैंकको त्यो सुन्न पाइएको छैन । तपाईहरुको पनि टार्गेट त होला ?
टार्गेट भनेको बलियो वित्तीय संस्था हुने भन्ने हो । हामी नम्बरतिर लाग्दैनौं । वल्र्डकपमा दौडिने जति पनि खेलाडीहरु छन्, त्यसमध्ये एउटा प्रथम हुन्छ । त्यसमा सेकेन्ड, थर्ड वा छानिएका त कमजोर हुँदैनन्, ती सबै राम्रा हुन् नि । हामी पनि त्यही हो । नम्बर वान टु भन्दा पनि राम्रो वित्तीय संस्थाको स्थानमा बस्ने हो । अहिले पनि हामी राम्रो छौं, तर अझ पनि बलियो बनाएर आफ्नो क्षमता अझ बढाएर टप संस्थाहरुको जुन समूह हुन्छ त्यसभित्र बस्ने हो ।
हामीले नयाँ नयाँ सेवा दिएर ग्राहकमाझ चिनिने हो । विश्व खाद्य कार्यक्रमसँग मिलेर शाखारहित बैंकिङ सेवा हामीले नै सुरु गरेका हौं । दैलेखमा गरेका थियौं । युएन र स्थानीय विकास मन्त्रालयसँग मिलेर सुदुरपश्चिमको डडेल्धुरा, कञ्चनपुर क्षेत्रमा शाखारहित बैंकिङमार्फत सामाजिक सुरक्षा भक्ताहरु वितरण गरिरहेका छौं । यसबाट हामीले सिकिरहेका छौं । मोवाइल बैंकिङमा पनि राम्रो गरिरहेका छौं । यसले पनि हामीलाई प्रविधिमार्फत दिने सेवामा अगाडि बढ्न सघाइरहेका छ । अब हामीले दिने सेवा भनेको प्रविधिमा आधारित नै हुन्छ ।
मैले बीचमा साझा बसलाई एउटा प्रस्ताव गरेको थिए– तपाईको बस चढ्दा एउटा कार्ड देखाउँछ, ओर्लदाँ उसको निश्चित रकम काटिन्छ । यस्तै किसिमको बैंकिङ अरु क्षेत्रमा पनि गर्न सकिन्छ । कर्मचारी नै खटिनु पर्दैन मेसिनबाटै सेवा दिन सकिन्छ । स्कुल, कलेजमा पनि यसरी नै गर्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौं ।


अब सिद्धार्थ बैंकबाट बाहिर निस्कौं । अहिले बैंकहरुको स्प्रेड दर घटिसकेको छ । ब्याज दर पनि निकै तल आएको छ । तर लगानीसँग जोड्दा त्यसलाई जस्टिफाइ नै गर्न सकिँदैन । अर्थशास्त्रले त लगानीको लागि योभन्दा राम्रो समय अरु केही होइन भन्छ ?
अर्थतन्त्र त चलेको छ । तर कसरी चलेको छ भन्ने पनि हामीलाई थाहा छ । देशमा प्रत्यक्ष वैदेशिक लगानी कति आइरहेको छ ? कति नयाँ कारखानाहरु स्थापना भइरहेका छन् ? नयाँ नयाँ क्षेत्रको विकास कति भइरहेको छ ? यो त केही पनि भएको छैन । त्यही भएर जति लगानीका लागि ऋण माग हुनुपर्ने हो त्यो भइरहेको छैन । हाम्रो निजी क्षेत्र पनि अहिले पर्ख र हेरकै अवस्थामा छ । लगानीको वातावरण बनिसकेको छैन ।
प्रतिस्पर्धाले ब्याज दरलाई तल झार्ने हो । संस्था धेरै हुने तर व्यापार कम हुँदा ब्याज घटिरहन्छ । त्यो अनुपातमा नयाँ व्यापार थपिँदैन ।

मूल्य बृद्धि दरसँग तुलना गरेर हेर्दा व्याज दर त नेगेटिभ चलिरहेको छ । बचतकै ब्याज मूल्यबृद्धि भन्दा बढी हुनु पर्नेमा यहाँ त कर्जाको ब्याज नै मूल्य बृद्धिदर वरावर जस्तै छ । यति हुँदा हुँदै पनि बैंकहरुले राष्ट्र बैंक वा सरकारसँग केही भनिरहँदैनन् ?
हामीले भनिरहेका हुन्छौं । समयसमयमा हामीले गभर्नर, डेपुटी गभर्नर, अन्य अधिकारीहरु, सरकारसँग हामी भेटिरहेका हुन्छौं । हाम्रो चिन्ता र समस्याका बारेमा छलफल गरिरहेका हुन्छौं । तर त्यो कुरा भन्नु पर्छ जसको समाधान पनि निस्कियोस् । मिडियामा मात्र मैले यसो उसो भने भनेर बोल्दिएर के हुन्छ, जसको समाधान नै हुँदैन भने ।
राष्ट्र बैंकले ब्याज दर निर्धारणको जिम्मा बैंकहरुलाई नै छाडिदिएको छ । बैंकहरुले पनि ब्याज दर निर्धारण गर्दा विवेक पु¥याउनु पर्छ । एक बर्ष पहिले ऋणको ब्याज दर १२÷१३ प्रतिशत पनि थियो । त्यही ब्याज दर अहिले साढे ६ वा सातमा आउँछ भने त्यसले इकोनोमीका लागि कति राम्रो हो ? चार पाँच प्रतिशत परिवर्तन बर्ष दिनमा हुँदै हुँदैन तर यहाँ भइरहेको छ ।

यसको फाइदा त अर्थतन्त्रलाई हुनु पथ्र्यो, तर यो फाइदा त त्यसले लियो जसले व्यापार गर्छ । ब्याज दरको असर त सर्वसाधारणसँगसम्म देखिनु पर्ने होइन र ?
हो, पक्का पनि ब्याज दरको रिफ्लेक्सन देखिएको छैन । त्यही भएर बैंकहरुले ब्याज दर बढाउँदा ह्वात्त र घटाउँदा पनि त्यही अनुसार घटाएर चाँडो प्रतिक्रिया दिनु हुँदैन । बर्ष दिनमा बढीमा दुई प्रतिशतभन्दा बढी घट्नु नपर्ने हो । अत्याधिक प्रतिस्पर्धाले पनि त्यस्तो भएको हो । हाम्रो बजार त्यो खालको जवाफदेही र परिपक्क भइसकेको छैन भन्ने ब्याज दरबाटै प्रस्ट हुन्छ । यसरी गरेको व्यवसाय सफल पनि हुँदैन ।
तपाई सिद्धार्थ बैंकको कुरा गर्नु हुन्छ भने हामी ब्याज दर बढ्दा अरुले जस्तो ह्वात्तै बढाउँदैनौं, घट्दा पनि ह्वात्तै घट्दैन ।
बैंकर संघमा यो बारेमा कुराकानी हुन्छ । उहाँहरुले राष्ट्र बैंकलाई भन्नुहुन्छ । यसमा एउटा मेरो भिन्न बिचार छ । बैंकर संघमा यस्तो एउटा थिङ्क ट्याङ्क चाहिन्छ जसले रिसर्च गर्छ, प्रणालीलाई फाइदा हुनेहरु कुरा सिफारिष गरोस् । त्यो समूहमा बैंकका प्रमुख कार्यकारी हुनु हुँदैन । रियल इकोनोमिस्टहरुको समूह बनाउनु पर्छ । त्यो समूहले राष्ट्र बैंक, सरकार, सरोकारवालाहरुसँग छलफल गर्नु पर्छ । सिइओहरु त्यो रिसर्चमा हुनु हुँदैन । किनभने सिइओ हुँदा हरेक बैंकको आफ्नो सवल र कमजोर पक्षका आधारमा विचारहरु आउन थाल्छन् ।

यसमा पहल भएको छ ?
त्यस्तो गर्नु पर्छ । त्यस्तो आउला । आउनु पनि पर्छ । समयको क्रममा पक्का पनि आउला ।  

स्प्रेड दर घट्यो, ब्याज दर घट्यो, मुद्रा बजारको ब्याज दर एक प्रतिशतभन्दा कम छ । राष्ट्र बैंकले भर्खरै मात्र शुल्क र कमिसनमा पनि केमा कति लिने भनेर निर्देशन जारी गरेको छ । यसले आगामी दिनमा बैंकिङ कस्तो देख्नु हुन्छ ?
यो खुला बजार हो । राष्ट्र बैंकले जुन खालको पहलहरु गरेको छ त्यो बैंकहरुमा कुन सेवामा कति शुल्क लिने भन्नेमा भिन्नता आएपछि गरेको हो । बजार आफैले त्यसलाई निर्धारण गर्न सकिरहेको छैन । किनभने बजारमा धेरै खेलाडी छन् तर त्यो अनुसारको व्यापार छैन । व्यापारमा निजी क्षेत्रको पनि पारदर्शिता छैन ।
मर्जरका कारण भोलिका दिनमा वित्तीय क्षेत्रलाई रियल इकोनोमीले धान्न सक्नेजति मात्र भयो भने यो कुरामा सुधार आउला । सबै कुरा स्वस्थ रुपमा बजारले निर्धारण गर्न थालेपछि राष्ट्र बैंकले जति पनि कदम चालिरहेको छ त्यसको आवश्यकता नै पर्दैन ।

तपाई कुरालाई यसरी बुझौ, बैंकहरु अनुशासित हुन सकेनन्, जसको कारण राष्ट्र बैंकले सानो सानो कमद चाल्नु पर्दैन भन्ने हो ?
बैंकर अनुशासित भएनन् भन्दिन म । बैंकका आफ्नै बलियो र दुर्वल पक्षहरु छन् । धेरै संस्थाहरु छन् । क, ख र ग भनिए पनि आजका दिनमा सबैले एउटै कामहरु गरिरहेका छन् । बजार आफैले कुनै दिशा निर्धारण गर्न सकिरहेको छैन । भोलिका दिनमा नेपालमा सात वा १० वटा बैंक भए, निजी क्षेत्र पनि पारदर्शी भए भने राष्ट्र बैंकले यस्तो भूमिका खेल्नु पर्दैन ।

राष्ट्र बैंकले गरेको सही कि गलत त ?
अहिलेको सन्दर्भमा ‘इट इजी ओके’ जस्तो लाग्छ मलाई । लामो समयसम्म यो कुरा लागू हुँदैन ।


पछिल्लो समय बैंकमा तरलता बढेर गएको छ । तर बैंकहरुले जलविद्युत् वाहेक पुर्वाधार वा अन्य उत्पादनमूलक क्षेत्रमा लगानीका लागि अगाडि बढाएको देखिदैन । छोटो अवधिमै लाभ लिन सकिने व्यापारमा लागिरहेका छन् ?
पक्का पनि हो । अहिले अन्य क्षेत्रमा माग नै आइरहेको छैन । पुर्वाधार र औद्योगिक क्षेत्रमा कर्जाको माग भएको छैन । भोलीका दिनमा पुर्वाधारमा लगानीको माग हुन्छ, त्यसका लागि भने हामी तयार भएर बसेका छौं ।

बैंकहरु तरलता अधिक भएपछि राष्ट्र बैंकले व्यवस्थापन गरिदियोस् भनेर मुख ताक्छन्, आफैचै केही गर्दैनन् ?
ऋण लगानी गर्ने पैसा भनेको सर्वसाधारणको पैसा हो । यो पैसा जहाँपायो त्यही लगानी गर्नु हुँदैन । बैंक भनेको यस्तो संस्था हो यसले पानी परिरहेको बेला छाता खोसिदिन्छ । मेरो पैसा भएको भए त्यो छाता तान्दिन थिएँ । सर्वसाधारणको पैसा भएकाले छाता तान्नु परेको हो । मैले त तिर्नु पर्ने पैसा हो नि त्यो । त्यही भएर बैंकहरु कन्जरभेटिभ नै भएर बस्नु पर्छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदा हेर्नु भयो होला, त्यसमा कार्यकाल तोक्नेजस्ता माइक्रो म्यानेजमेन्टका बुँदाहरु राखिएको छ । तपाईलाई लाग्दैन राष्ट्र बैंकले बढी नै माइक्रो म्यानेजमेन्ट गर्न खोजिरहेको छ ?
माइक्रो म्यानेजमेन्टमा फोकसचै अलिक वढी नै हो । यसको पछाडिका पक्षहरु पनि हेर्नुपर्छ । वित्तीय संस्थाहरु धरासयी भएको अर्थतन्त्रका लागि राम्रो कुरा होइन । वित्तीय स्थायित्वका लागि राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टमा जानु परेको हो । पछि स्थायित्व आएपछि, बैंकिङ प्रणाली रिस्क क्यापसिटी, संरचनागत क्षमता बढेपछि राष्ट्र बैंक यस्ता कुराबाट पछाडि हट्नु पर्छ ।

कार्यकालका कुरा तपाईलाई कतिको तार्किक लागिरहेको छ ?
व्यक्तिगत मेरो कुरा गर्ने हो भने, मलाई त जहिले पनि चुनौतीहरु नै चाहिरहन्छ । मोनोटोनस भयो, भोलि सिद्धार्थ बैंकमा सबै कुरा राम्रै चलिरहन्छ भने मेरो काम के त ? यही कोठामा आउने, कम्प्युटर खोल्ने, त्यही मान्छेसँग भेट्ने हो भने जीवन नै मोनोटोनस हुन्छ । नयाँ काम गर्ने जाँगर मर्दै जान्छ ।
सञ्चालकको कुरामा चै कम्पनी ऐन संशोधन हुनुपर्छ । मेरा सञ्चालकहरुका अन्य पनि व्यवसाय छ उहाँहरुलाई समय छैन बैंकमा आइरहनलाई । उहाँहरुलाई आफ्नो तर्फबाट व्यवसायिक सञ्चालक छनौटको अधिकार दिनु पर्छ । ती सञ्चालक निशुल्क आउँदैनन् । उनीहरुलाई तलब सुविधा दिएर ल्याउनु पर्छ । त्यसको व्यवस्था हुनु पर्छ । उनीहरुको भूमिकाले बैंकलाई अझ माथि लैजान सहयोग पुग्छ ।