राप्ति भेरी विकास बैंकले साधारण सेयर निस्कासन गर्दै, पाँच करोडको सेयर माघ २२ गतेबाट जारी

बिजमाण्डू
२०७१ माघ ११ गते ००:०० | Jan 25, 2015
काठमाडौं । राप्ति भेरी विकास बैंकले पाँच लाख ५४ कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ । बैंकले माघ २२ गतेबाट सेयर जारी गर्न लागेको हो ।
 
बैंकको सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ । 
 
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंकले निस्कासन गर्न लागेको सेयरमध्ये १० हजार एक कित्ता आफ्ना कर्मचारी र २५ हजार तीन कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुका लागि छुट्याएको छ ।
 
एक सय रुपैयाँ अंकित दरका यि सेयरको निस्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो । बैंकको अहिले सात करोड ५० लाख रुपैयाँ छ । साधारण सेयर निस्कासनपछि पुँजी १२ करोड ५० लाख रुपैयाँ पुग्ने छ । 

Tata
GBIME
Nepal Life