बिओके,आइएलएफसी,श्रीइन्भेष्टमेन्ट र नेपाल एक्सप्रेसको मर्जर तोडियो, राष्ट्र बैंकमा फेरि आवेदन

बिजमाण्डू
२०७१ माघ १२ गते ००:०० | Jan 26, 2015
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आइएलएफसी) सहित अन्य तीन फाइनान्स कम्पनीलाई मर्ज नगर्ने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको छ ।
 
मर्जरको सैद्धान्तिक सहमति पाइसकेपछि अब अगाडि वढ्न नसक्ने भन्दै बैंकले राष्ट्र बैंकलाई मर्जरबाट पछाडि हटेको जानकारी दिएको हो ।

Tata
GBIME
Nepal Life

बैंकले २०७१ जेठ २९ गते आइएलएफसी, श्रीइन्भेष्टमेन्ट फाइनान्स र नेपाल एक्सप्रेस फाइनान्सलाई आफूसँग गाभ्ने भन्दै सम्झौता गरेको थियो । 

 
मर्जर प्रकृयामा गएका कारण नेपाल स्टक एक्सचेन्जमा चार वटै संस्थाको सेयर कारोबार रोक्का छ । 
 
सुरुमा बिओके र आइएलएफसीबीच मर्जरमा जान छलफल भएको थियो । श्रीइन्भेष्टमेन्ट र नेपाल एक्सप्रेसका प्रवद्र्धकहरुको समूह एउटै एउटै भएका कारण उनीहरु पनि मिसिएका थिए । 
 
बिओकेमा सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुले मर्जरमा जान नहुने भन्दै अडान राख्दै आएका थिए, उनीहरुकै कारण मर्जर अगाडि वढ्न नसकेको स्रोतको दावी छ । सैद्धान्तिक सहमति आएपछि सेयर अनुपात, सञ्चालक समिति, उच्च व्यवस्थापन र कर्मचारी समायोजनमा विवाद उठ्न थालेपछि मर्जर बीचमै अवरुद्ध भएको हो । 
 
मर्जरअघि विओकेको प्रति सेयर ५६८ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइएलएफसीको २३९, नेपाल एक्सप्रेसको २६० र श्रीइन्भेष्टमेन्टको ४५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 
 
चार वटै संस्थाबीच बराबरी हैसियतमा मर्जर भए चुक्ता पुँजी चार अर्ब ३० करोड रुपैयाँ पुग्ने देखिएको थियो । जगेडा कोष दुई अर्ब १३ करोड रुपैयाँ पुग्ने थियो ।  ।