टाटा जेष्टले जित्यो ब्लूमबर्ग टिभी अटोकार इण्डिया अवार्ड्स, यो कार नेपाल छिट्टै आउने

बिजमाण्डू
२०७१ माघ १३ गते ००:०० | Jan 27, 2015
टाटा जेष्टले जित्यो ब्लूमबर्ग टिभी अटोकार इण्डिया अवार्ड्स, यो कार नेपाल छिट्टै आउने

काठमाडौं। नेपाली कार बजारमा आउन लागेको नयाँ टाटा जेस्टले भारतको कार बजारमा विभिन्न समूहमा अवार्ड जितेको छ । टाटा मोटर्सको यो कारले ताज ल्याण्ड्स एण्डमा ९ जनवरी २०१५ मा भएको ब्लूमबर्ग टिभी अटोकार इण्डिया अवार्ड्स २०१५जितेको छ ।

Tata
GBIME
Nepal Life

भारतको अग्रणी अंग्रेजी विजनेस न्यूज च्यानल ब्लूमबर्ग टिभी इण्डिया तथा भारतको अटो इण्डष्ट्रीको विस्तृत म्यागजिन अटोकार इण्डियाले संयुक्त रुपमा ल्याएको यो अवार्ड कार उत्पादक तथा खरिदकर्तामाझ पनि लोकप्रिय छ।

भारतमा कार समीक्षाको लागि चर्चित अनलाइन पोर्टलहरु टीम बिएचपी र मोटरबिमले पनि टाटा जेस्टलाई कार अफ द इयर २०१४ अवार्डबाट पुरस्कृत गर्यो । यी पोर्टलका प्रयोगकर्ताहरुले यो कारलाई उचित मूल्यको कार भनेका छन्। यो कारमा उत्कृष्ट इन्टेरिअर र आरामदायी स्पेस हुनुका साथै यसको मर्मत, सर्भिस र स्पेयरको मूल्य सुपथ रहेको कम्पनीले जनाएको छ।

यसैगरी, टाटा जेस्टले सिआइआई डिजाइन एक्सिलेन्स अवार्ड २०१४ पनि जितेको छ । यो अवार्ड सन् २०११ मा कन्फिडेरेशन अफ इण्डियन इण्डस्ट्रिजले डिजाइनलाई राष्ट्रिय प्रतिस्पर्धाको रुपमा अगाडि ल्याउन सुरु गरेको हो । कमर्सियल गाडी, विशेष प्रायोजनका गाडी तथादुई पांग्रेहरुको मोबिलिटी समूहमा टाटा जेस्टले पाँचविभिन्न समूहकोप्रतिस्पर्धालाई उछिन्दै सम्पूर्ण अवार्डहरु जितेको छ।