यस्तो छ आयल निगमका नयाँ हाकिम खड्काको पृष्ठभूमि, दरबारमार्ग अध्याँरो पार्ने उनै हुन्

बिजमाण्डू
२०७१ माघ १३ गते ००:०० | Jan 27, 2015

प्रभात भट्टराई/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौँ । निजी क्षेत्रको पहलमा दरबारमार्गमा लगाइएको सोलार बत्ति उठाएर अँध्यारो पार्ने डिभिजन सडक कार्यालय सानो गौचरनका पूर्व प्रमुख गोपालबहादुर खड्का आयल निगमको कार्यकारी निर्देशक नियुक्त गरिएका छन् ।

निगममा सुधार अभियान थालेका चन्डिकाप्रसाद भट्टलाई हटाएर निजी क्षेत्रको विकास प्रयासमा समेत अवरोध पुर्याउने खड्कालाई सरकारले निगम प्रमुख बनाएको हो । भट्टलाई हटाउन वाणिज्यमन्त्री सुनिलबहादुर थापालाई उनकै पार्टी राप्रपादेखि पेट्रोलियम व्यवसायीले निरन्तर दबाब दिँदै आएका थिए। 

खड्का डिभिजन सडक कार्यालय सानो गौचरनमा तीन बर्ष देखि प्रमुख थिए ।

उनले सडक विभागका महानिर्देशक माधव कार्कीसँग असहमति जनाउँदै निजामति सेवाबाट राजिनामा दिएका छन् । कार्की विभागको महानिर्देशक बनेपछि काठमाण्डौँका मिनभवन र सानो गौचरन दुबै डिभिजन कार्यालयका बैंक खाता छानविनका लागि रोक्का गरेका थिए । त्यसपछि खड्काले राजिनामा दिएका हुन् ।

२०७१ सालका नयाँ बर्षमा दरबार मार्ग विकास बोर्ड सहित छ संस्थाको सम्युक्त पहलमा दरबारमार्गमा सोलार बत्ति जडान गरिएका थियो । बत्ति बलेको १५ दिनमै खड्काको नेतृत्वमा डिभिजन कार्यालयले सोलार बत्तिको पोलमा विज्ञापनका लागि राखेको ग्लोबोर्ड उठाएर लग्यो ।

आफु मातहतको सडकमा विज्ञापन बोर्ड राखेर पैसा कमाएको आरोप सुरुमा कार्यालयले लगाएको थियो । तर त्यो आरोप पुष्टि हुन नसके पछि ग्लोबोर्डले नारायणहिटी संग्रहालय छेकेको तर्क सडक कार्यालयले गर्यो ।

सोलार मेन्टनेन्स गर्ने आर्थिक बन्द भए पछि दरबार मार्ग पुन अँध्यारो हुन पुग्यो । काठमाडौँ महानगर पालिका, ट्राफिक प्रहरी लगायत समेत अनुरोध अस्विकार गर्दै सडक कार्यालयले ग्लोबोर्ड उठाएर लगेको थियो । मुख्य सचिव लिलामणी पौडेलले समेत निर्देशन दिए पछि बाध्य भएर दुई महिना पछि कार्यालले ग्लोबोर्ड फिर्ता गरेको थियो । त्यस यता भने दरबारमार्गमा बत्ति बल्दै आएको छ ।

स्रोतका अनुसार बाहिर जे सुकै तर्क गरे पनि सडक कार्यालय प्रमुख खड्काले आफ्नो बगैँचामा पनि सोलार बत्ति जडान गर्नु पर्ने लगायतका व्यक्तिगत माग विकास बोर्डले अस्विकार गरेको बदला लिन दरबारमार्गलाई नै अँध्यारो पार्ने 'साहस' गरेका थिए ।

खड्काले निगमको कार्यकारी निर्देशक हुन उच्च राजनीतिक साँठगाँठ समेत मिलाइ सकेका थिए । उनी बैद्य माओवादी निकट छन् । बैद्य माओबादीका केहि नेताले आफ्ना कार्यकर्ता माझ तीन महिना अघिनै खड्का आयल निगमको कार्यकारी निर्देशक हुने खुलासा गरेका थिए । आफ्नो पुर्ख्यौली थलो सिन्धुलीका वैद्य माओवादी नेतासँग उनको सघन उठबस छ ।
 
यो पनि हेर्नुहोस्

सडक बिभागकाे अवराेधबीच यसरी फर्कियो दरबारमार्गको उज्यालो