जियोनीको पि सिक्स मोबाइल नेपाली बजारमा ल्याइँदै, माघ तेस्रो सातादेखि बजारमा उपलब्ध हुने

बिजमाण्डू
२०७१ माघ १३ गते ००:०० | Jan 27, 2015
काठमाडौं । संसारकै १० ठूला मोबाइल निर्माताहरु मध्येको एक जियोनी कम्पनीले पि सिक्स मोबाइल बजारमा ल्याउने भएको छ ।

Tata
GBIME
Nepal Life

पि सिक्स मोबाइलमा पाँच इन्चको एलसिडि डिस्प्ले छ । जसले मोबाइल चलाउनेलाई वास्तविकता कै अनुभुति दिने कम्पनीले दाबी गरेको छ । ठूलो स्क्रिनले सजिलो र आनन्दसँग भिडियो हेर्न, तस्बीर खिच्न, इन्टरनेट चलाउन र सजिलै इबुक पढ्न सकिनेछ ।

विशेष डिजाइन र गोलाकार कुनाले यो पातलो र अझै स्टाइलिस छ। उचित मूल्यमा उपलब्ध हुने जियोनीले बताएको छ ।

यो फोनमा विशेष होल्जर स्वीच भएको हुनाले फ्लिप गरेर फोनमा धेरै काम गर्न सकिन्छ । फ्लिप गरेर डिस्प्ले अन हुने, मिति समय र मौसम थाहा हुने र फाइलहरु पनि ट्रान्स्फर गर्न सकिन्छ । यसका साथै फोटो खिच्न र गीतसंगीत सुन्न सकिने विशेषता यसमा छन् ।

यो फोनको विशेष डिजाइन र बाहिरी लुक अर्धपारदर्शी क्रिष्टल कोटिङ भएकोले यो फोन सुन्दर देखिन्छ ।

फोनमा एक दशमलव तीन गिगाहर्ज क्वाड कोर प्रोसेसर, एक जिबी र्‍यामका साथै आठ जिबी आन्तरिक मेमोरी छ । यो स्मार्ट मोबाइलमा पाँच एमपी क्यामरा र दुईवटा सिमकार्ड प्रयोग गर्न मिल्ने विशेषता छन् ।

जियोनीका आधिकारिक विक्रेतामार्फत नेपालमा यही फेब्रुअरीको पहिलो साता (माघ तेस्रो साता) देखि पि सिक्स  फोन बजारमा उपलब्ध हुनेछ ।