सुजल डेरी र लक्ष्मी बैंकले सुरु गरे युवा कृषि कर्जा कार्यक्रम, चार जिल्लाका लागि कार्यक्रम तयार

बिजमाण्डू
२०७१ माघ १४ गते ००:०० | Jan 28, 2015
सुजल डेरी र लक्ष्मी बैंकले सुरु गरे युवा कृषि कर्जा कार्यक्रम, चार जिल्लाका लागि कार्यक्रम तयार


काठमाडौं । सुजल डेरी र लक्ष्मी बैंकले युवा कृषि कर्जा कार्यक्रम सुरु गरेका छन् । सुजल डेरीको सफल अभियान ‘दुध उत्पादन, समृद्घिको लागि’ कार्यक्रम एवं लक्ष्मी बैंकको माइक्रो फाइनान्स कार्यक्रम अन्तर्गत संयुक्त रुपमा यो कार्यक्रम लागु भएको हो ।

सहरबाट गाउँमा रकम प्रवाह गर्ने शसक्त माध्यम दुध व्यवसाय भएको र यसले ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउने हुँदा यो कार्यक्रम लागु गरिएको सुजल डेरीले जनाएको छ ।

Tata
GBIME
Nepal Life

यो कार्यक्रम अन्तर्गत स्थानीय स्तरका दुग्ध सहकारी संस्थासँग सम्वद्ध साना किसानलाई गाई, भैंसी खरीद गर्न लक्ष्मी बैंकले कर्जा प्रवाह गर्नेछ । सुजल डेरीले आवश्यक दुध आपूर्तिको लागि कृषकसँग सहकार्य गरी दूध उत्पादनमा सहयोग गर्ने छ ।

यो युवा कृषि कर्जा तनहुँ, नवलपरासी, चितवन र रुपन्देही लक्षित गरि तयार गरिएको हो । यो कृषि कर्जाले साना किसान, दुग्ध सहकारी एवं सम्पूर्ण सरोकारवालाहरुलाई फाइदा पुर्याउने सुजल डेरीले जनाएको छ ।

युवा कृषि कर्जा अन्तर्गत साना किसानको हक हितलाई मध्यनजर गर्दै सजिलो कर्जा भुक्तानी प्रणालीको व्यवस्थापन गरिएको छ । किसानलाई वार्षिक ६ प्रतिसत व्याजदरमा कर्जा प्रदान गर्नेछ । आगामी दिनमा लक्ष्मी बैंकले नयाँ डिजाइन र कृषि कर्जा योजनालाई थप सबल बनाउने जनाएको छ ।