सेयर बजार १३ अंकले बढ्यो, एक्विजिसनको चर्चाले प्रभु र ग्रान्ड बैंकको सेयर कारोबारमा बृद्धि

बिजमाण्डू
२०७१ माघ १४ गते ००:०० | Jan 28, 2015
सेयर बजार १३ अंकले बढ्यो, एक्विजिसनको चर्चाले प्रभु र ग्रान्ड बैंकको सेयर कारोबारमा बृद्धि
काठमाडौं । सेयर बजार करिव १३ अंकले बढेर ९८८ अंकमा बन्द भएको छ । होटलवाहेकका सबै सुचकहरु उकालो लाग्दा समग्र बजार उक्लिएको हो ।
 
राजनीतिक असमझदारीका बीचमा पनि सेयर बजार बढेको हो । बुधबार १४४ वटा कम्पनीका सेयर  किनबेच भएका छन् । जलविद्युत्, बिमा र बैंकिङ सुचक धेरै बढेको छ । 


 
होटल समूह भने ३० अंकले घटेको छ । बैंकिङ सुचक १५.२८ अंकले बढेको छ । जविद्युत करिव ३१ र जलविद्युत् ४१ अंकले बढेको छ  । 
 
सबैभन्दा वढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । राष्ट्रिय बाणिज्य बैंकले यि सेयरहरु बिक्री गरेको हो । बैंकको पाँच करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको  छ ।
 
दिनभरीमा ३५ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल नौं लाख १७ हजार ७७१ कित्ता सेयर कारोबार भएका हुन् । 
 
इन्भेष्टमेन्टपछि प्रभु र ग्रान्ड बैंकका सेयर कारोबार भएका छन् । प्रभुले ग्रान्ड बैंक किन्ने चर्चाका कारण पनि दुबै कम्पनीको सेयर मूल्य बढेको हो । प्रभुको दुई करोड १७ लाख र ग्रान्डको एक करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभुको ७० हजार ५५० कित्ता र ग्रान्डको ८५ हजार ५६ कित्ता सेयर कारोबार भएको छ । 
 
बुधबार सबैभन्दा वढी सिभिक, सिन्धु विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एचएन्डबी डेभलपमेन्ट बैंक, झिमरुक विकास बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

Tata
GBIME
Nepal Life

मूल्य घट्नेमा एभरेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको सेयर मूल्य घटेको छ ।