सिआओमीले भारतमा मी फोर स्मार्टफोनको औपचारिक बिक्रि सुरु गर्‍यो, मुल्य २० हजार भारु

बिजमाण्डू
२०७१ माघ १४ गते ००:०० | Jan 28, 2015

एजेन्सी । चिनीयाँ स्मार्टफोन निर्माता सिआओमीले भारतमा आफ्नो नयाँ उत्पादन मि फोर औपचारिक लन्च गरेका छ । मि फोरसँगै पछिल्लो अपरेटिङ सिष्टम एमआईयुआई सिक्स ओएस भर्सन समेत भारतीय उपभोक्ताले चलाउन पाउने भएका छन् ।
अघिल्लो संस्करण मी थ्री भन्दार हरेक दृष्टिमा स्तरोन्नती गरिएको फोनको मुल्य भारतीय बजारमा ३२ हजार रुपैयाँ (१९ हजार नौ सय ९९ भारु) तोकिएको छ । ८ दशमलव ९ मिलीमिटरको यो डिभाइसमा धातुको बडि तथा बदल्न मिल्ने रेयर प्यानल्स रहेको छ ।
आइफोन फाइभ एससँग तुलना गरिने यो फोनमा फोर के भिडियो रेकर्डिङ क्षमताको १३ एपीको प्राइमरि क्यामेरा रहेको छ । फोनमा क्वाड कोर क्वालकम स्नापड्रागन ८०१ प्रोसेसर, तीन जिबी र्याम, तथा ३०८० एमएएच ब्याट्रि रहेको छ । मी फोरमा रहेको क्विक चार्च प्रविधिका कारण ३० मिनेटमा ६० प्रतिशत ब्याट्रि चार्ज हुने जनाइएको छ ।
नयाँ एमआईयुआई सिक्स अपरेटिङ सिष्टममा भने एनिमेसन, मोसन ग्राफिक्स, स्मार्टर नोटिफिकेसन, परिष्कृत सेक्युरिटी फिचर लगायत विषेशता छन् ।  मी फोर पनि सिआओमीका पछिल्ला फोन जस्तै भारतमा फ्लिपकार्ट मार्फत अनलाइन खरिद गर्न सकिन्छ ।

Tata
GBIME
Nepal Life