सिभिल बैंकले सहुलियत दरमा वैकल्पिक उर्जामा लगानी गर्ने, उर्जा प्रबर्धन केन्द्रसँग संझौता

बिजमाण्डू
२०७१ माघ १४ गते ००:०० | Jan 28, 2015

काठमाडौं । वैकल्पिक उर्जा प्रबर्धन केन्द्रसँगको सहकार्यमा लगान िगर्ने भएको छ । बैंकले उर्जा क्षेत्रमा आफ्नो दायरा विस्तार गर्ने उद्देश्यले लगानी गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life

स्थानीय क्षेत्रमा उर्जा प्रबद्र्दनका  लागि सहुलियत दरमा ऋण प्रवाह गरिने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । यस्तो कर्जा सोलार, वायोग्याँस, सुधारिएको चुल्हो, माइक्रो हाइड्रो जस्ता क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ ।

वैकल्पिक उर्जामा लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र केन्द्रीय वैकल्पिक उर्जा कोष सचिवालयका प्रमुख पृथ्वी ज्ञवालीले हस्ताक्षर गरेका छन् । सिभिल बैंकले वैकल्पिक उर्जा क्षेत्रमा पुर्‍याएको सहयोगले केही मात्रामा भएपनि देशमा बढदै गएको लोडसेडिङ घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।