मेगा बैंक र पश्चिमाञ्चल गाभिँदै, मेगाको १०४.२५ रुपैयाँ र पश्चिमाञ्चलको ६७ रुपैयाँ स्वाप

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
मेगा बैंक र पश्चिमाञ्चल गाभिँदै, मेगाको १०४.२५ रुपैयाँ र पश्चिमाञ्चलको ६७ रुपैयाँ स्वाप

Tata
GBIME
Nepal Life

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पश्चिमाञ्चल विकास बैंक अपासमा गाभिने भएका छन् । दुबै संस्था आपसमा गाभिने वुधबारै औपचारिक सम्झौता भइसकेको छ । 

 
 
मर्जर सहमतिपत्रमा मेगाका अध्यक्ष प्रा.डा. मदनकुमार दाहाल र पश्चिमाञ्चल विकास बैंकका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् । 
 
मेगा बैंक र पश्चिमाञ्चल विकास बैंक सञ्चालक समितिको राजधानीमा बसेको संयुक्त बैठकले मेगा बैंकको सेयरको मूल्य प्रति कित्ता एक सय चार रुपैयाँ २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैयाँ हुने गरी आदानप्रदान (स्वाप) अनुपात निर्धारण गरिएको छ । मेगा बैंकको यो पहिलो मर्जर हो । 
 
मर्जरसँगै मेगा बैंकलाई अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुलेको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।