सुजुकीले ल्यायो इएमआइ स्किम, अब २० प्रतिशत डाउन पेमेन्टमा नयाँ मोटरसाइकल पाइने

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015

काठमाण्डौँ । भिजी अटोमोवाइल्सले दुई चक्के सवारी साधनमा समान मासिक किस्ता (इएमआई) स्किम सुरु गरेको छ । कम्पनीले वाइक अफ द इयर २०१५ बिजेता सुजुकी गिक्सेस १९ दशमलव ९९ प्रतिशत डाउन पेमेन्टमा दिने जनाइएको छ ।
जस अन्तर्गत ४७ हजार तीन सय ५६ रुपैयाँ डाउन पेमेन्ट गरि मासिक छ हजार पाँच सय ७१ रुपैयाँ किस्ता तिर्दा यो बाइक लिन सकिन्छ । यस्तै सुजुकी लेट्स आठ हजार नौ सय ९९ रुपैयाँ र मासिक किस्ता पाँच हजार चार सय चार रुपैयाँ तिर्दा पाइने कम्पनीले जनाएको छ ।
यो स्किम सुजुकीका अरु दुई चक्के सवारी साधनमा समेत लागु हुनेछ । २५ हजार डाउन पेमेन्ट गरि स्लाइनसट (एससीडी), स्लाइनसट (एसइयु), जिएस१५०आर, हायात र स्विस १२५ मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने जनाइएको छ । यिनीहरुमा क्रमश पाँच हजार चार सय चार, पाँच हजार दुई सय ६६, छ हजार आठ सय २६, चार हजार आठ सय ५० र पाँच हजार दुई सय ३१ मासिक किस्ता तिर्नु पर्नेछ ।

Tata
GBIME
Nepal Life