कृषि विकास बैंकले १५ प्रतिसत लाभांस दिने, सात प्रतिसत बोनस सेयर र आठ प्रतिसत नगद

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015

काठमाडौं । कृषि विकास बैंकले लगानीकर्तालाई सात प्रतिसत बोनस सेयर र आठ प्रतिसत नगद लाभांस दिने भएको छ । बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले बोनस र लाभांसको प्रस्ताव गरेको हो ।

यो बैंकमा करिब तीन महिना देखि प्रमुख कार्यकारी अधिकृतको विवाद थियो । यही कारण बैंकले लाभांस घोषणामा ढिलाई गरेको हो ।

Tata
GBIME
Nepal Life

बैंकले गत वर्ष ३१ प्रतिसत नगद लाभांस दिएको थियो । सर्वसाधारणमा सेयर जारी गरेपछि गत वर्ष पहिलो पटक लाभांस दिएको हो । यस नगद र बोनस गरी १५ प्रतिसत लाभांस दिन लागेको हो । यस अघि बैंकले बोनस सेयर दिएको छैन् ।

बैंकले गत आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको थियो । यस वर्षको दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक भएको छैन । चुक्ता पूँजीका आधारमा यो बैंक हालसम्म सबैभन्दा ठूलो छ । बैंकको चुक्तापूँजी नौ अर्व ६३ करोड रुपैयाँ छ । बोनस सेयर वितरण चुक्तापूँजीमा थप बृद्धि हुनेछ ।

त्यस्तै बैंक अफ काठमाण्डूले माघ २१ देखि फागुन ८ गतेसम्म बुक क्लोल गर्ने भएको छ । बैंकको आगामी फागुन ८ गते हुने साधारण सभालाई बुक क्लोज गर्न लागिएको हो ।