एसबिआईको लाभांश पारित, संचालक समितिमा निरञ्जन टिवरेवाला र सञ्जय सुरे चयन

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
एसबिआईको लाभांश पारित, संचालक समितिमा निरञ्जन टिवरेवाला र सञ्जय सुरे चयन

काठमाडौं । नेपाल एसबिआई बैंकको २१ औं वार्षिक साधारणसभाले यसअघि प्रस्तावित १५ प्रतिशत बोनस सेयर तथा सात प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकमा खाता खोली सेयर विभागमा सम्पर्क राख्ने सेयरधनीलाई उनीहरुकै खातामा रकम उपलब्ध गराइने बैंकले जनाएको छ ।

साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट निरञ्जनकुमार टिबरेवाला र संजयकुमार सुरेलाई संचालक चयन गरेको छ । नेपाल एसबिआई बैंक नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो ।

Tata
GBIME
Nepal Life

बैंकले गत आर्थिक वर्षमा ९२ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले हाल तीनवटा क्षेत्रीय कार्यालयसहित ६५ वटा व्यवसायिक इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ७५ वटा एटिएम रहेका छन् ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ४९ करोड निक्षेप संकलन गरी ३५ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।