देउराली जनता स्थापनाको २५ औं वर्षमा, २१० थरी औषधी उत्पादन, क्षमताको ६० प्रतिशत सञ्चालन

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015
देउराली जनता स्थापनाको २५ औं वर्षमा, २१० थरी औषधी उत्पादन, क्षमताको ६० प्रतिशत सञ्चालन


काठमाडौं । देउराली– जनता फर्मास्युटिकल्स शुक्रवारदेखि २५औं वर्षमा प्रवेश गरेको छ । साढे दुई दशकको औषधि उत्पादनको अनुभवसँगै उद्योगले आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरको रहेको दावी गरेको छ ।

Tata
GBIME
Nepal Life

‘अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नसक्ने औषधी हामीले उत्पादन गरिरहेका छौ,’ उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले भने, ‘आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउंदै उत्पादनको क्षेत्रबाट सार्थक औद्योगिक विकास गर्न लागिपरेका कम्पनीहरू हाम्रो देशमा धेरै कम छन् ।

उनका अनुसार स्वदेशमै उच्च गुणस्तरीय औषधि उत्पादन औषधी क्षेत्रलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेका छौ । स्वदेशी मागको ४० प्रतिशत औषधि स्वदेशका करीव ४५ वटा औषधि उद्योगहरूले उत्पादन गरिरहेका छन् । स्वदेशी औषधिको हिस्सामा आफ्नो कम्पनीको हिस्सा ठूलो रहेको शर्माले बताए ।

उद्योगले एक दशकअघिनै आइएसओ १४००१, आइएसओ ९००१ र विश्व स्वास्थ्य संग७नको कुशल निर्माण प्रक्रिया लगायतका मापदण्ड पूरा गरेर उत्पादन गरिरहेको छ ।

नेपाली औषधि उद्योगले उत्पादन गरी आत्मनिर्भर हून सक्ने करीव ५०  मोलिक्युलको औषधिहरू बिदेशबाट आयातमा प्रतिवन्ध लगाएमा थप लगानीको सम्भावना रहेको शर्माले बताए ।

कारखानामा जडित अत्याधूनिक उपकरणहरूबाट उच्च गूणस्तरीय विभिन्न दुई सय १० थरीका औषधिहरू उद्योगले उत्पादन गरिरहेको छ । उद्योगले मुटु रोग, नशा सम्वन्धि रोग, मधूमेह, चर्म रोग लगायत नेपालमा देखापर्ने सबै जसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने उच्च गूणस्तरका औषधिहरू उत्पादन गरिरहेको उनले बताए ।

उद्योगको करीव २० हजार वर्ग फिटमा नवनिर्मित अत्याधुनिक उपकरणहरूसहित अनुसन्धान तथा विकास विभाग छ । उद्योगका सम्पुर्ण कच्चा पदार्थहरू, सहायक कच्चा पदार्थहरू र उत्पादित औषधिहरूको गूणस्तरको परीक्षण यहीं गरिने कार्यकारी निर्देशक शर्माले बताए ।

उद्योगको जडित क्षमतालाई ६० प्रतिशत मात्र उत्पादन भइरहेको उनले बताए । उनका अनुसार बाकी रहेको चालिस प्रतिशत विस्तारको क्रममा रहेको छ । उद्योगले नशारोग, मनोचिकित्सा लगायतका औषधिहरू उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य लिएको छ ।

उद्योगमा हाल बिभिन्न राष्ट्रिय तथा अन्तराष्६ि«य विश्वविद्यालयहरुबाट उच्च ज्ञान हासिल गरेका दक्ष जनशक्तिहरु कार्यरत छन् । उद्योगमा अहिले तीन सय ५० कर्मचारी कार्यरत छन् ।