बंगलादेशसँग नेपालको दोहोरो कर मुक्तिको सम्झौता, नेपाली विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015
बंगलादेशसँग नेपालको दोहोरो कर मुक्तिको सम्झौता, नेपाली विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने

काठमाडौं । नेपाल र बंगलादेशवीच दोहोरो कर मुक्ति सम्झौंता भएको छ । यो सम्झौंतासँगै नेपालसँग दोहोरो कर मुक्ति सम्झौंता भएको मुलुक ११ पुगेको छ । बंगलादेशले नेपालमा हवाई सेवा, जलविद्युत र बैकमा लगानी गरेको छ । यो सम्झौंता कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि कार्यान्वयनमा आउनेछ ।

‘दोहोरो कर मुक्ति सम्झौता नेपाल–बंगलादेश बीचको आर्थिक सम्बन्धमा कोशेढुंगा सावित हुनेछ,’ आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले भने, ‘सम्झौता कार्यान्वयनबाट बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।’

Tata
GBIME
Nepal Life

झन्डै तीन वर्ष अघि नेपाल र बंगलादेशवीच भएको छलफलमा कर संकलन सम्बन्धी नेपालको प्रस्तावमा वंगलादेश सहमत नभएकोले सम्झौंता हुन सकेको थिएन । उनका अनुसार अहिले बंगलादेशले कर संकलन सम्वन्धी प्रस्तावलाई स्विकार गरेकोले सम्झौंता भएको हो ।

सन् १९९८ मा यो विषयको महत्व बुझी नेपालले सम्झौता गर्न पहिलो पटक मस्यौदा प्रस्ताव गरेको थियो । सन् १९९८ मै पहिलो चरणको वार्ता काठमाडौंमा सम्पन्न भएर दोस्रो वार्ता सन् २००१ मा ढाकामा भएको थियो । सन् २०१२ मा ढाकामा भएको तेस्रो चरणको वार्ताबाट एउटा बुँदामा मात्र बंगलादेशले असहमति जनाएका कारण सम्झौता हुन सकेको थिएन ।

वंगलादेशी वार्ता टोलीका प्रमुख पर्वेज इकवालले नेपाल र बंगलादेशबीच भएको सम्झौताले दुई देशको व्यापारिक सम्वन्ध सुधारमा सहयोग पु¥याउने बताए ।

नेपालले भारत, नर्वे, थाईल्यान्ड, श्रींलका, मरिसस्, अस्ट्रिया, पाकिस्तान, चीन, कोरिया र कतारसँग दोहोरो कर मुक्तिको स
नेपालले बंगलादेशसँगै मलेसिया, सिंगापुर, बेलायत, अमेरिका, जापान, क्यानडा, ब्राजिल, ओमानस“ग सम्झौंता प्रक्रिया अघि बढाएको छ ।

मलेसियास“ग पहिलो चरणको वार्ता एक वर्षअघि भइसकेको छ । क्यानडा र ब्राजिललाई नेपालले आफ्नो प्रस्ताव पठाइसकेको । युनाईटेड अरब इमिरेट्सले आफ्नो प्रस्ताव पठाइसकेको छ । मलेसिया, सिंगापुरस“गको दोस्रो चरणको वार्ता छिटै काठमाडौंमा हुने शर्माले जानकारी दिए । नेपालस“ग आर्थिक रुपले नजिकको सम्बन्ध रहेका फ्रान्सस“ग प्रकृया अगाडि बढाउने उनले बताए । नेपालले गरेका सम्झौताहरु मुख्यतया संयुक्त राष्ट्रसंघ र ओईसिडी मोडलमा आधारित छ ।
के हो दोहोरो कर ?

एउटै आय वर्षमा एकभन्दा बढी देशमा कारोवार (रोजगारी, ब्यवसाय वा लगानी) ग¥यो भने उसले आफु बसेको देश र कारोबार गरेको दुई ठाउँमा कर तिर्नुपर्ने अवस्था आउँछ ।

एकै आय वर्षमा आफू वासिन्दा रहेको देशमा वसोवासको आधारमा तथा लगानी गरेको देशमा आयको स्रोतको आधारमा कर तिर्नुपर्ने अवस्था रहन्छ । करदाताहरुलाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानूनी ब्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ । वैदेशिक लगानी आर्कषित गर्न अहिले विभिन्न मुुलकमा दोहोरो कर मुक्ती सम्वन्धी सम्झौंता हुने गरेको छ ।