कोका–कोला सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित, भेन्डिङ मेशिनदेखि क्युआर कोडसम्म उपयोग

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015
कोका–कोला सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित, भेन्डिङ मेशिनदेखि क्युआर कोडसम्म उपयोग

काठमाडौ । कोका–कोला सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित भएको छ । मोबाइल मार्केटरको पुरस्कार मोबाइल बिक्रेताहरुको क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार भएको कम्पनीको दावी छ ।

मोबाइल मार्केटरका अनुसार कोका–कोलाले आफ्नो प्रवद्र्धनका लागि निरन्तर रुपमा मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरुको प्रयोग गर्दै आएको छ । कोका–कोलाले २०१४ मा एप्पलको भेन्डिङ मेसिनदेखि सम्वन्धित प्रविधिको प्रयोग गरी गीतहरु डाउनलोड गर्नका लागि बनाइएको क्युआर कोड जस्ता विभिन्न योजनाहरु प्रस्तुत गरेको थियो ।

Tata
GBIME
Nepal Life

कोका–कोला मोबाइल कनेक्सनका निर्देशक टम ड्यालीका अनुसार कम्पनी मोबाइल प्रविधिको प्रयोगमा परिचित भएको छ । उनका अनुसार मोबाइललाई सानो कम्प्युटरका रुपमा मात्र नभइ अन्य धेरै क्षेत्रमो प्रयोग हुने किसिमको योजनाहरु तयार पार्न प्रतिबद्ध छ ।

कोका–कोलाले मोबाइल मार्केटिङलाई कन्ज्युमर क्याम्पेनका साथै अन्य धेरै योजनाका लागि प्रयोग गरेको छ । कोका–कोलाको २०१४ को सबैभन्दा सफल क्याम्पेन ‘सेयर अ कोक प्रोगाम’ थियो । योजनामा कोका–कोलाले प्रसिद्ध गायकहरुलाई लिएर भिडियो बनाएको थियो जसलाई मोबाइलको माध्यमबाट सेयर गरिएको थियो ।

मोबाइल मार्केटिङ कै आधारमा “रेन्बो क्याम्पेन” प्रस्तुत गरेको थियो । कम्पनीका अनुसार धेरै ग्राहकहरुले आ–आफ्नो मोबाइल फोनहरुबाट इन्द्रेणीको फोटो खिचेर सोसल मिडियामा राखेका थिए, जसका कारण कोका–कोला कम्पनीको सकारात्मक छवि प्रस्तुत भएको थियो ।