एनसेलले सन् २०१४मा ४३ अर्ब रुपैयाँको व्यापार गर्यो, ग्राहक संख्या सवा करोड नजिक पुगे

बिजमाण्डू
२०७१ माघ १६ गते ००:०० | Jan 30, 2015

एजेन्सी । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले नेपालको प्रगति प्रति सन्तोष व्यक्त गरेको छ । टेलियासोनेराले एनसेलको सन् २०१४ को समग्र अवस्थालाई सोलिड परफरमेन्सको संज्ञा दिएको हो ।

टेलियासोनेराका अनुसार कम्पनीले गत बर्ष कुल ४३ अर्ब ११ करोड ६० लाख रुपैयाँ (तीन अर्ब ५९ करोड ३० लाख स्विडिस क्रोनर) बराबरको व्यापार गरेको छ । जुन अघिल्लो बर्षको भन्दा १९ प्रतिशतले बढि हो ।

Tata
GBIME
Nepal Life

कम्पनीले खर्च पछिको मार्जिन आयमा समेत सुधार गरेको छ । ब्याज, कर, ह्रासकट्टी र एमोर्टाइजेसन (इबिआइटिडीए) कटाए पछि कम्पनीले दुई अर्ब १५ करोड ५० लाख स्विडिस क्रोनर आम्दानी गरेको हो । जुन कुल आम्दानीको ६० प्रतिशत हुन आउँछ । अघिल्लो बर्ष यो मार्जिन ५९ दशमलव ६ प्रतिशत थियो । ग्राहक संख्यामा पनि कम्पनीले प्रगति गरेको छ । एक बर्षमा एनसेलका मोवाइल ग्राहक १२ लाख बढेर एक करोड २० लाख ९० हजार पुगेका छन् ।  

नेपालमा सोलिड परफरमेन्स गरे पनि टेलीयासोनेराको अन्तर्राष्ट्रिय व्यापार भने खस्किएको छ । सन् २०१४ मा युरोसियाको ब्यापार शुन्य दशमवल दुई प्रतिशतले बढेको छ ।  युरोसियामा नेपाल पछि उज्वेकिस्थानको मात्र व्यापार बढेको छ । यी दुई मुलुकले राम्रो प्रगतिकै कारण मोल्डोभा, जर्जिया, ताजकिस्तान, अजरबैजान र काजकिस्तानको व्यापार ओरालो लागे पनि समग्रमा युरोसियाको बिक्रि बढि भएको हो । गत बर्ष टेलीयासोनेराको समग्र आम्दानी भने शुन्य दशमवल आठ प्रतिशतले खस्किएको छ ।