उदयपुरको गाइघाटमा बजाजको शोरुम अपग्रेड, अब सेल्ससँगै सर्भिस र स्पेयर्सको सुविधा

बिजमाण्डू
२०७१ माघ १७ गते ००:०० | Jan 31, 2015
उदयपुरको गाइघाटमा बजाजको शोरुम अपग्रेड, अब सेल्ससँगै सर्भिस र स्पेयर्सको सुविधा


काठमाडौं  नेपालका लागि बजाज बाइकको आधिकारिक विक्रेता हंसराज हुलासचन्दले उदयपुरको गाईघाटस्थित सोरुमलाई अपग्रेड गरेको छ । अब यो सोरुमबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।
सेल्सको सुविधाका लागि स्थापना गरिएको गाईघाटको कालिका अटो लिङ्कलाई स्तरोन्नती गरिएको हो । कालिका अटो लिङ्कका सञ्चालक सुनिल ठाकुरले सेल्ससँगै सर्भिस र स्पेयर्सको सेवा दिन अपग्रेड गरिएको बताए ।
अपग्रेड गरिएको सोरुमको उद्घाटन एचएच बजाजका उप महाप्रबन्धक चिरन्जिवी शाहले गरे । उद्घाटनको उपलक्ष्यमा कालिका अटो लिङ्क सोरुमले ग्राहकका लागि आकर्षक उपहारको घोषणा पनि गरेको छ ।

Tata
GBIME
Nepal Life