ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव हुँदै, मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुट अफर

बिजमाण्डू
२०७१ माघ १७ गते ००:०० | Jan 31, 2015

काठमाडौं । ताम्राकार कम्प्लेक्सले सातौं वार्षिक उत्सवको अवसर पारेर मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ ।
 
फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित मोबाइल महोत्सव २०१५ आयोजना गर्न लागेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।
 
 महोत्वसको अवसरमा ताम्राकार कम्प्लेक्सले विभिन्न आकर्षक छुट तथा स्कीमहरु संचालन गर्ने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए । मोबाइल महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने महर्जनले जानकारी दिए ।
 
ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट पाउनेछन् । 
ताम्राकार कम्प्लेक्समा जे. एस. मोबाइल शप संचालन गर्दै आएका जगत साउदले यसपालीको महोत्सव भव्य र आकर्षक बनाउने जानकारी दिँदै महोत्सवको अवसर पारेर ग्राहकलाई विभिन्न सामानको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए । 
 
महोत्सवको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र पनि आयोजना गर्दैछ । सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिकका  गुरुदत्त शर्माले हरेक दिन लक्की ड्र गरिने र लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने जानकारी दिए । ताम्राकार कम्प्लेक्सले बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिने योजना बनाएको छ ।

Tata
GBIME
Nepal Life