काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक संचालक समिति बैठकले शेरचनलाई सिइओमा नियुक्त गरेको हो।
यसअघि उनी बैंकका कायममुकायम कार्यकारी प्रमुख थिए। प्रभु बैंकको सिइओबाट कुमार लम्साल बिदा भएपछि शेरचनलाई यो जिम्मेवारी दिइएको थियो। शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म १७ वर्षको बैंकिङ्ग अनुभव छ ।
प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सिइओको जिम्मेवारी शेरचनलाई दिइएको हो। प्रभुले गएको विहीबार ग्राण्ड बैंकसँगको एक्विजिसनको सम्झौता गरेको थियो।
सिइअो शेरचन माथि ग्राण्ड बैंकको एक्वीजिसन छिट्टोभन्दा छिट्टो टुङ्ग्याउने, खराब कर्जाको हिस्सा घटाउने लगायतका चुनौती छन् । त्यसैगरी सात वटा कल्चरबाट जम्मा भएका कर्मचारीको व्यवस्थापन पनि सिइअो शेरचनको चुनैती हुन् ।











