अपि हाइड्रो ४० करोडको आईपिओ जारि गर्दै, आयोजना प्रभावितलाई १९ माघ देखि सेयर बिक्रि

बिजमाण्डू
२०७१ माघ १८ गते ००:०० | Feb 1, 2015
अपि हाइड्रो ४० करोडको आईपिओ जारि गर्दै, आयोजना प्रभावितलाई १९ माघ देखि सेयर बिक्रि

काठमाडौँ । अपि पावर कम्पनीले ४० करोड बराबरको सर्वसाधारण सेयर जारी गर्ने भएको छ । एनआईविएल क्यापिटल मार्केट्सको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीले एक सय रुपैयाँ अंकित मुल्यको ४० लाख कित्ता सेयर बिक्रि गर्न लागेको हो ।

निर्माणाधिन आयोजनास्थल
त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको १० लाख कित्ता सेयर १९ माघ देखि बिक्रि खुला गर्ने जनाइएको छ । आयोजनाबाट प्रभावित दार्चुलाका देथला, धुलिगडा, रानी शिखर तथा शिखर गाबिस र बैतडीको रुद्रेश्वर गाविसका जनतालाई २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी आठ लाख कित्ता सेयर भने दार्चुला र बैतडीका अन्य गाविसबासिले पाउनेछन् ।

Tata
GBIME
Nepal Life

देशभरका सर्वसाधारण र कम्पनीका कर्मचारीलाई छुट्याइएको ३० लाख कित्ता भने सेयर प्रभावित क्षेत्रका जनतालाई वितरण गरे पश्चात बिक्रि खुला गरिने जनाइएको छ । कम्पनीको जारी पुँजी एक अर्ब मध्ये ४० प्रतिशत सर्वसाधारणमा वितरण गर्न लागिएको हो ।

कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा आठ दशमलव पाँच मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माण गरि रहेको छ । आउँदो चैतमा आयोजना निर्माण पुरा गर्ने आर्थिक बर्ष २०७३/७४ देखि लाभांश वितरण गर्ने कम्पनीको लक्ष छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० देखि अधिकतम १० हजार कित्ता सेयर सम्म आवेदन दिन सक्ने जनाइएको छ । १९ माघमा बिक्रि खुला गरि छिटोमा ४ फागुन तथा ढिलोमा २४ फागुनमा बिक्रि बन्द गर्ने कम्पनीले जनाएको छ ।

जनता बैंकको गोकुलेश्वर तथा खलंगा शाखा, टुरिजम डेभलपमेन्ट बैंक र एनसीसी बैंकको गोठलापानी शाखा एवं अपि पावर कम्पनीको परियोजना स्थल देथला दार्चुलाबाट सेयर आवेदन गर्न सकिने जनाइएको छ । त्यस बाहेक जनता बैंकको धनगढी र महेन्द्रनगर शाखाबाट समेत सेयर आवेदनबारे थप जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।