शिखर इन्स्योरेन्स पाँच करोडको एफपिओ गर्दै, सर्वसाधारणको स्वामित्व २० बाट ३०% पुर्याउने

बिजमाण्डू
२०७१ माघ २३ गते ००:०० | Feb 6, 2015
शिखर इन्स्योरेन्स पाँच करोडको एफपिओ गर्दै, सर्वसाधारणको स्वामित्व २० बाट ३०% पुर्याउने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियममा नयाँ सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले करिव पाँच करोड रुपैयाँ बराबरको नयाँ सेयर निस्कास गर्न लागेको हो ।
 
कम्पनीमा अहिले ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण सेयर छ । कम्पनीले गत चैतमा दुई बराबर एक हकप्रद सेयर निस्कासन गरेको थियो ।
 
हामी चाँडै एफपिओ निस्कासन गर्ने तयारीमा छौं, निस्कास गरिने सेयरमा कति प्रिमियम लिने भनेर मूल्यांकन गर्ने काम भइरहेको छ ।

 
हकप्रद निस्कासन गरेपछि कम्पनीको १७ करोड ५० लाख रुपैयाँको चुक्ता पुँजी ३० करोड ६२ लाख  ५० हजार रुपैयाँ पुगेको थियो ।
 
कम्पनीले २० प्रतिशत सेयर दिने प्रस्ताव गरिसकेको छ । आगामी फागुन २२ गते हुने बार्षिक साधारणसभाले वोनस सेयर अनुमोदन गरेपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड रुपैयाँ नाघ्ने छ । 

Tata
GBIME
Nepal Life

‘हामी चाँडै एफपिओ निस्कासन गर्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक समितिका  अध्यक्ष विकास राणाले शुक्रबार विजमाण्डूसँग भने, ‘निस्कास गरिने सेयरमा कति प्रिमियम लिने भनेर मूल्यांकन गर्ने काम भइरहेको छ ।’

 
कम्पनीले साधारणसभाबाट अनुमोदन गरेपछि एफपिओको प्रकृया सुरु गर्ने छ । कम्पनीले साधारणसभा सकेको दुई महिनाभित्र एफपिओ निस्कासन गर्ने योजना बनाएको छ । 
 
कम्पनीले सर्वसाधारणको तर्फबाट थप १० प्रतिशत सेयर जारी गर्ने छ । प्रारम्भिक मूल्यांकन अनुसार, कम्पनी एक सय रुपैयाँ अंकति दरका सेयरमा कम्तिमा तीन सय रुपैयाँ प्रिमियम थपेर चार रुपैयाँको हाराहारीमा सेयर जारी गर्ने पक्षमा छ । ‘अन्तिम निर्णय मूल्यांकन प्रतिवेदन आएपछि गर्छौ,’ कम्पनी स्रोतले भन्यो, ‘नियामक निकाय बिमा समितिले दिने राय पनि महत्वपूर्ण हुन्छ ।’ 
 
प्रिमियम वापत आएको रकम जगेडा कोषमा जाने छ । कम्पनी अर्को बर्षसम्म नाफा बढाएर पुँजी ५० करोड र रिजर्भ अर्को ५० करोड पुर्याउने योजनामा छ । अहिले कम्पनीको जगेडा कोषमा ११ करोड रुपैयाँ छ । 
 
गत असोजसम्मको वित्तीय विवरण अनुसार कम्पनी दुई करोड ९१ लाख रुपैयाँ खुद नाफामा छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जमा विहीबार बसेको सञ्चालक समितिको ११२औं बैठकको निर्णय भन्दै प्रिमियममा सेयर जारी गर्ने जानकारी गराएको छ ।