सातामै ५० लाख आईफोन विक्री, अर्को साता २२ मुलुकमा विक्री हुने, तीन महिनामा सय देशमा

बिजमाण्डू
२०६९ असोज ८ गते ००:०० | Sep 24, 2012
सातामै ५० लाख आईफोन विक्री, अर्को साता २२ मुलुकमा विक्री हुने, तीन महिनामा सय देशमा

न्युयोर्क । एप्पलले पहिलो सातामा आइफोन ५ का ५० लाख भन्दा मोवाइल बिक्री भएको जानकारी दिएको छ । कम्पनीले आपूर्तिको तुलनामा माग ज्यादै उच्च भएका कारण ग्राहकले केहि समय प्रतिक्षा गर्नुपर्ने बताएको छ ।

आइफोन ५ लिन लागेको उपभोक्ताको लाइन

Tata
GBIME
Nepal Life

एप्पले गत शुक्रबारदेखि आईफोनको नयाँ भर्सन नौ देशमा बिक्री गरिरहेको छ । नयाँ आईफोन हात पार्न ग्राहकले कैयौं दिन लाइन बसेका थिए भने अझै पनि लाईन बस्ने क्रम सकिएको छैन । कम्पनीले यो साता भित्र थप २२ मुलुकमा आईफोन ५ बिक्री सुरु गर्ने जानकारि दिएको छ भने यस वर्षको अन्तमा १०० मुलुकमा आइफोन बिक्री गर्ने लक्ष्य राखेको छ ।
आईफोन ५ को माग उच्च छ, हामी माग अनुसारको आपूर्ति गर्न लागि परेका छौं, हरेक ग्राहकले सहजरुपमा आईफोन प्राप्त गर्न सकुन भन्ने हाम्रो उद्देश्य हो, एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भने । एप्पलको आईफोन ५ मात्र नभई कम्पनीले हालै मात्र सार्वजनिक गरेको नयाँ अपरेटिङ सिस्टम आईओस ६ ले पनि निक्कै लोकप्रियता पाएको छ । कम्पनीका अनुसार हालसम्म १० करोड पटक आईओस ६ डाउनलोड भईसकेको छ ।
समालोचकहरुबाट अपेक्षाकृत राम्रो प्रतिक्रिया नपाए पनि आईफोन ५ को बिक्री उच्च हुने अनुमान गरिएको छ । अघिल्लो संस्सकरणको तुलनामा छिटो, ठुलो र पातलो भएका कारण यसको माग बढेको हो ।