साताभरमा जम्मा ९४ करोड रुपैयाँको मात्रै सेयर किनबेच, परिसुचक पनि ७.२२ अंकले घट्यो

बिजमाण्डू
२०७१ फागुन ८ गते ००:०० | Feb 20, 2015
साताभरमा जम्मा ९४ करोड रुपैयाँको मात्रै सेयर किनबेच, परिसुचक पनि ७.२२ अंकले घट्यो

काठमाडौं । साता भरमा जम्मा ९४ करोड ६ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दुई दिन सार्वजनिक विदा परेको कारण तीन दिन भएको कारोवारमा अघिल्लो साताको तुलनामा ३४ प्रतिसतले रकम घट्यो । अघिल्लो साता एक अर्ब ४३ करोड ७ लाख ४० हजार रुपैयाँको कारोबार भएको थियो

Tata
GBIME
Nepal Life

नेप्से परिसूचक पनि यो साता गिरावट आएको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन नेप्से ७.२२ अंकले घट्यो । साताको पहिलो दिन आइतबार ९८९.८७ अंक रहेको नेप्से कारोबार भएको अन्तिम दिन बुधबार ९८२.६५ अंकमा झर्यो ।

यस साता कारोबार रकम (आठ करोड ५७ लाख ८० हजार रुपैयाँ), कारोबार भएको सेयर संख्या (दुई लाख ६८ हजार कित्ता) र कारोबार संख्या (४३९ वटा) को आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।