सोमबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो, छापावाल सुन तोलाको ५१ हजार आठसयमा किनबेच

बिजमाण्डू
२०७१ फागुन ११ गते ००:०० | Feb 23, 2015
सोमबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो, छापावाल सुन तोलाको ५१ हजार आठसयमा किनबेच

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा दुईसय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ एकतोलाको ५१ हजार आठसय रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा सोमबार एक तोलामा दुईसय रुपैयाँ कम भएको छ ।

Tata
GBIME
Nepal Life

सोमबार तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँ घटेर ५१ हजार पाँचसय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ तोलामा पाँचरुपैयाँ घटेको छ । आइतबार तोलाको ७ सय रुपैयाँमा किनबेच भइरहेको चाँदी सोमबार छ सय ९५ रुपैयाँमा करोबार भइरहेको छ ।