फियाटको ह्याचव्याक ब्रिड फियाट पुन्टो ईभो ईमोसन नेपाली बजारमा पनि, मूल्य २९ लाख ९८ हजार रुपैयाँ

बिजमाण्डू
२०७१ फागुन १२ गते ००:०० | Feb 24, 2015
फियाटको ह्याचव्याक ब्रिड फियाट पुन्टो ईभो ईमोसन नेपाली बजारमा पनि, मूल्य २९ लाख ९८ हजार रुपैयाँ
काठमाडौं । नेपालका लागी फियाट गाडिको आधिकारिक बिक्रेता लाईफ अटो मोवाईल्सले फियाट पुन्टोे ईभोको नयाँ ह्याचव्याक ब्रिड फियाट पुन्टो ईभो ईमोसन नामक नयाँ गाडी बजारमा ल्याएको छ । 
 
फुल्लि ईन्टिग्रेटड रोवोटाईज्ड ईन्जिन (फायर) युक्त १४०० सिसिको ईभो ईमोसन ह्याचव्याक सेगमेन्टमा सबैभन्दा शक्तिशाली गाडी भएको कम्पनीले जनाएको छ । ११५४ केजीको कर्व वजन भएको ईभो ईमोसन सुरक्षित, बलियो र स्टेडी सवारीका लागी उपयोगी हुने छ । गाडीको मुनि भागमा भएको सोलिड स्टिलले नेपाल जस्तो सडकहरुमा हुन सक्ने खतराबाट सुरक्षित राख्ने कम्पनीको दावी छ ।
  
वोल्ड र शक्तिशाली ईभो ईमोसन यो सेगमेन्टमा सबैभन्दा उच्च १८५ मिलीमिटरको ग्राउण्ड क्लियरेन्स छ । यसमा नयाँ बनोटको १५ ईन्च अलोई ब्हिल र १९५/६० आर फिफ्टीन टायर साईज रहेको छ । 
 
रिभर्स गियरमा स्वाचालित रुपमा वाईप गर्न सकिने पछाडिको ऐना सफा गर्ने स्मार्ट रियर विन्डो वाईपर, हुस्सु वा भिजिविलिटि कम भएको बेला उपयोगि फ्रन्ट फग लाईट, गित संगितको मज्जा लिन न्वाईज सेन्सेटिभ ईन–ड्यास म्युजिक सिस्टम जसले स्वचालित रुपमा गाडिभित्र भईरहेको आवाज अनुरुप स्पिकर ठुलो वा सानो बनाउँदछ ।  

Tata
GBIME
Nepal Life

अँध्यारो वा पार्किङका बेला गाडीबाट बाहिर हिँड्न केही समयका लागि हेडलाईट बाली सहज गराउने ईन्टिलिजेन्ट फलो मि हेड ल्याम्पको विशेषता भएको विज्ञप्तिमा जनाइएको छ । 

 
युरोपियन अटोमोवाईल्सको दुनियामा गडफादरको रुपमा चिनिने लोक प्रिय फियाट, फियाट क्राईस्लर कम्पनीको उत्पादन हो जसले फरारी र मजारिटि जस्ता १६ व्राण्डहरु उत्पादन गर्दछ । ईमोसनको बजार मुल्य २९ लाख ९८ हजार रुपैयाँ रहेको छ ।