सिजीले ल्यायो पोट्याटो क्र्याक्स, आलुबाटै बनाइएको र अन्य ब्रान्ड भन्दा फरक भएको दाबी

बिजमाण्डू
२०७१ फागुन १२ गते ००:०० | Feb 24, 2015

काठमाडौं । सिजी फूडले क्विक्स पोट्याटो क्र्याक्स बजारमा ल्याएको छ । कम्पनीले यो क्र्याक्स आलुबाटै बनाइएको र अरु ब्रान्डको भन्दा भिन्दै रहेको दाबी गरेको छ ।
 
यो क्र्याकर क्रिस्पी र खाँदा स्वादिलो रहेकोले उपभोक्ताले रुचाउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उपभोक्ताको खानेबानीमा आएको परिवर्तनलाई ध्यान राखेर कम्पनीले अनुसन्धान गरेर बजारमा आफ्नो उत्पादन ल्याउने गरेको छ ।
 
तीन दशकदेखि नम्बरवान ब्रान्डमा रहेको क्विक्सले ल्याएको क्र्याक्सको मूल्य २० रुपैयाँ तोकेको छ ।

Tata
GBIME
Nepal Life