साङयोङको शोरुम नारायणहिटी उत्तरढोकामा, सर्भिस सेन्टर ज्वागलमा, मर्सिडिजको प्रविधि प्रयोग

बिजमाण्डू
२०७१ फागुन १३ गते ००:०० | Feb 25, 2015
साङयोङको शोरुम नारायणहिटी उत्तरढोकामा, सर्भिस सेन्टर ज्वागलमा, मर्सिडिजको प्रविधि प्रयोग

काठमाडौं । कन्स्ट्यान्ट विजनेस ग्रुपले दक्षिण कोरियाको साङयोङ मोटरको शोरुम नारायणहिटी संग्राहालयको उत्तरढोकामा संचालनमा ल्याएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ जिन चोइले बुधवार शोरुमको उद्घाटन गरे । कम्पनीको स्पेयर पार्टस र सर्भिस सेन्टर युएन पार्क ज्वागलमा छ ।

साङयोङ मोटर कम्पनी एसयुभी ब्रान्डमा विश्वभरी लोकप्रिय छ । सन् १९५४मा दक्षिण कोरियामा स्थापना भएको यो कम्पनीले रेक्स्टोन, कोरान्डो, केरोन, एक्टयोन र एक्टयोन स्पोर्टस् उत्पादन गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले विश्वका १ सय ६ राष्ट्रका १ हजार २ सय ९० बिक्री कक्षमार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । कम्पनीको कोरान्डोले विश्वका विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो स्थान हासिल गरेको थियो ।

न्युजिल्यान्डमा भएको रिक्रियसनल भेईकल अफ दी इयर अवार्ड जित्न सफल भएको थियो । सन् २०१२मा उत्तरी ध्रुवदेखि नेदरल्यान्डसम्म सात हजार किलोमिटर भन्दा बढी दूरी र माइनस ४० डिग्रीको तापक्रममा आयोजित स्क्यानकोभरी ट्रेलमा कोरान्डो पहिलो भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो प्रतिस्पर्धामा ६० भन्दा बढी कम्पनीका गाडी सहभागी थिए ।

भारतको महिन्द्रा एन्ड महिन्द्राले साङयोङ मोटरमा प्रमुख हिस्सेदारी लिइसकेको छ । भारतीय बजारमा बिक्री सुरु भएको ६ महिनाको अवधिमा रेक्स्टोनको दोस्रो स्थानमा आएको कम्पनीको दावी छ ।

भारतको मुम्बईमा मासिक पाँच सयका दरले रेक्स्टोन बिक्री भइरहेको कम्पनीले जनाएको छ । मर्सिडिज बेन्चको प्रविधि प्रयोग भएको साङयोङप्रति सवारी साधनप्रति उपभोक्ताको आर्कषण बढ्दो रहेको कम्पनीले जनाएको छ ।