यस वर्ष दशैं र तिहार दुबै कात्तिकमा, ८० दिन सार्वजनिक विदा, अधिकमासले चाडपर्व पछि सरे

बिजमाण्डू
२०७१ फागुन १५ गते ००:०० | Feb 27, 2015
यस वर्ष दशैं र तिहार दुबै कात्तिकमा, ८० दिन सार्वजनिक विदा, अधिकमासले चाडपर्व पछि सरे


  • भरत शर्मा –

काठमाडौँ : आगामी २०७२ सालमा चाडपर्वहरु पछाडि सरेका छन्। नेपालीहरुको ठूलो चाड दशैँ र तिहार कात्तिक  महिनामा परेको छ। गत वर्ष जस्तै यस पटक पनि  महानवमी र विजयादशमी एकैदिन परेको छ। बिहानको समयमा महानवमी र दिउँसो विजयादशमी छ।

Tata
GBIME
Nepal Life

असोज २६ गते घटस्थापना, ३ गते फूलपाती, ४ महाअष्टमी र ५ गते महानवमी/वियादशमी परेको छ।

त्यस्तै तिहारमा कात्तिक २३ गते कागपूजा, २४ कुकुर पूजा, २५ मा लक्ष्मीपूजा, २६ गोबर्धन पूजा र २७ गते भाइटीका परेको छ।

असार महिनामा दुई वटा औँसी परेका कारण (पुरुषोत्तममास) अधिकमासका कारण यसो हुन पुगेको हो। 

हिन्दुहरुको अर्को ठूलो पर्व महाशिवरात्री सोमबार २४ फागुनमा परेको छ।

वैशाख, जेठ, असार, भदौ, कात्तिक, मंसिर, पुस, माघ र चैत महिनामा ४ वटा शनिवार र साउन, असोज र फागुनमा ५ वटा शनिबार गरी ५१ दिन शनिवार विदा परेको छ। राष्ट्रिय र पर्व गरी २९ दिन विदा परेको छ।

२०७२ सालमा शनिवार समेत गरी ८० दिन विदा परेको छ।

पर्व विदामा जनैपूर्णिमा भदौ १२ र श्रीकृष्णास्टमी १९ भदौ शनिबार परेको छ भने दिवस विदामा शहीद दिवस १६ माघका दिन शनिबार परेको छ। मातातीर्थ औँसी वैशाख ५, वसन्त पन्चमी फागुन १ शनिवार परेको छ।

बैशाखमा बैशाख २१ गते बुद्ध जयन्ती, जेठ महिनामा गणतन्त्र दिवस बाहेक कुनै दिन विदा परेको छैन। असार र साउन महिनामा शनिबार बाहेक कुनै दिन विदा छैन।

भदौमा गाइजात्रा भदौ १३ गते आइतवारका दिन परेको छ भने भदौ ३० मा हरितालिका तीज रहेको छ।

असोज १ मा ऋषि पञ्चमी, १० गते इन्द्रजात्रा परेको छ। मंसिर १ मा छठ पर्व परेको छ। पुसमा तमु र तोल लोसार परेको छ। १ माघमा माघी, २६ गते सोनाम लोसार, फागुन महिनामा १ गते वसन्त पञ्चमी, २६ गते ग्याल्पो लोसार, चैतमा ९ र १० गते फागु पूर्णिमा र २५ गते घोडेजात्रा रहेको छ। – See more at: http://www.pahilopost.com/content/-2568.html#sthash.XK2I4opv.dpuf

भरत शर्मा
काठमाडौं । आगामी २०७२ सालमा चाडपर्वहरु पछाडि सरेका छन्। नेपालीहरुको ठूलो चाड दशैँ र तिहार कात्तिक  महिनामा परेको छ। गत वर्ष जस्तै यस पटक पनि  महानवमी र विजयादशमी एकैदिन परेको छ। बिहानको समयमा महानवमी र दिउँसो विजयादशमी छ।

असोज २६ गते घटस्थापना, कात्तिक ३ गते फूलपाती, ४ महाअष्टमी र ५ गते महानवमी/वियादशमी परेको छ।

त्यस्तै तिहारमा कात्तिक २३ गते कागपूजा, २४ कुकुर पूजा, २५ मा लक्ष्मीपूजा, २६ गोबर्धन पूजा र २७ गते भाइटीका परेको छ।

असार महिनामा दुई वटा औँसी परेका कारण (पुरुषोत्तममास) अधिकमासका कारण यसो हुन पुगेको हो। 

हिन्दुहरुको अर्को ठूलो पर्व महाशिवरात्री सोमबार २४ फागुनमा परेको छ।

वैशाख, जेठ, असार, भदौ, कात्तिक, मंसिर, पुस, माघ र चैत महिनामा ४ वटा शनिवार र साउन, असोज र फागुनमा ५ वटा शनिबार गरी ५१ दिन शनिवार विदा परेको छ। राष्ट्रिय र पर्व गरी २९ दिन विदा परेको छ।

२०७२ सालमा शनिवार समेत गरी ८० दिन विदा परेको छ।

पर्व विदामा जनैपूर्णिमा भदौ १२ र श्रीकृष्णास्टमी १९ भदौ शनिबार परेको छ भने दिवस विदामा शहीद दिवस १६ माघका दिन शनिबार परेको छ। मातातीर्थ औँसी वैशाख ५, वसन्त पन्चमी फागुन १ शनिवार परेको छ।

बैशाखमा बैशाख २१ गते बुद्ध जयन्ती, जेठ महिनामा गणतन्त्र दिवस बाहेक कुनै दिन विदा परेको छैन। असार र साउन महिनामा शनिबार बाहेक कुनै दिन विदा छैन।

भदौमा गाइजात्रा भदौ १३ गते आइतवारका दिन परेको छ भने भदौ ३० मा हरितालिका तीज रहेको छ।

असोज १ मा ऋषि पञ्चमी, १० गते इन्द्रजात्रा परेको छ। मंसिर १ मा छठ पर्व परेको छ। पुसमा तमु र तोल लोसार परेको छ। १ माघमा माघी, २६ गते सोनाम लोसार, फागुन महिनामा १ गते वसन्त पञ्चमी, २६ गते ग्याल्पो लोसार, चैतमा ९ र १० गते फागु पूर्णिमा र २५ गते घोडेजात्रा रहेको छ।