कलर्स मोवाइलले ल्यायो नयाँ स्मार्टफोन, गुगल एन्ड्रोइडको अपरेटिङ सिस्टम

बिजमाण्डू
२०६९ असोज १० गते ००:०० | Sep 26, 2012
कलर्स मोवाइलले ल्यायो नयाँ स्मार्टफोन, गुगल एन्ड्रोइडको अपरेटिङ सिस्टम

काठमाडौं । कलर्स मोबाइलको नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित एक्स–फ्याक्टर मिनी बजारमा आएको हो । यसमा एक गिगाहर्ज प्रोसेसर र २.८ इन्चको रेसिसटिभ मल्टिटचस्क्रिन छ ।
यो मोबाइलमा दुईवटा सिमकार्ड राख्न सकिन्छ । एन्ड्रोइड २.३.६ जिन्जरब्रेड अपरेटिङ सिस्टम रहेको यसमा भिजिए क्यामरा, एफएम रेडियो, युएसबी २.०, ब्लुटुथ ३.० र वाइफाई सुविधा छ । गुगल प्ले स्टोर, एङ्ग्री बर्डस्, फेसबुक, फ्रुट निन्जा, इन्स्टाग्राम, स्काइप, टकिङ टिओएम, भाइबर, वाट्सएप्प, याहु मेसेन्जर लगायतका सुविधा छन् ।
यो मोबाइल १२८० एमएएच ब्याट्रीयुक्त यो फोनमा लगातार पाँच घन्टासम्म कुरा गर्न र १ सय ८२ घन्टा बैकल्पिक अवस्थामा राख्न सकिने कम्पनीले जनाएको छ । मोबाइलमा ३२ जिबिसम्म मेमोरी क्षमता बढाउन मिल्छ ।

Tata
GBIME
Nepal Life