ड्रागन एयरको फष्ट र विजनेश क्लास यात्रुलाई विषेश सेवा, उडान क्रममा ताजा इल्ली कफि खुवाउने

बिजमाण्डू
२०७१ फागुन १५ गते ००:०० | Feb 27, 2015
ड्रागन एयरको फष्ट र विजनेश क्लास यात्रुलाई विषेश सेवा, उडान क्रममा ताजा इल्ली कफि खुवाउने

काठमाडौँ । ड्रागन एयरले आफ्ना फष्ट एवं विजनेश क्लास यात्रुलाई उडानमा विषेश सुविधा दिने भएको छ । कम्पनीले यि दुई क्लासमा उडान गर्ने यात्रुलाई ताजा इल्ली कफि खुवाउने जनाएको हो ।

इटालीको ख्यातिप्राप्त कफि उत्पादक इल्लीसँगको सहकार्यका कारण यात्रुले उडानका क्रममा स्वादिष्ट कफिको आनन्द लिन सक्ने कम्पनीको दावि छ ।

Tata
GBIME
Nepal Life

यात्रुले विश्वका ख्यातिप्राप्त कफिसपमा विताए जस्तै समय उडानको क्रममा समेत व्यतित गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ड्रागन एयरको क्याटरिङले जिम्मेवारी पुर्वक डार्क-रोष्टेड कफि उडानक्रममा सर्भ गर्ने जनाइएको छ ।

कम्पनीको क्याटरिङ टिमले इल्लीसँगको सहकार्यमा यात्रुका लागि विषेश कफि पिलो प्याक डिजाइन गरेको छ । यो कफिमा उत्कृष्ट स्वादका अलावा सुगन्ध, छुवाइ, हेराइ एवं परिक्षण गरि पाँच विशेषता रहेको कम्पनीको दावी छ । ड्रागन एयरको इन्फ्लाइट सेवाका महाप्रवन्धक ब्रिआन युएनले उडानको खाद्य तथा पेयमा यात्रुलाई विषेश आनन्द दिने आफुहरुको मुख्य ध्येय रहेको बताएका छन् ।