होलीको अवसरमा हुवावे अनर होली हंगामा, विभिन्न उपहार पाइने,मूल्य १३ हजार नौ सय ९९ रुपैयाँ

बिजमाण्डू
२०७१ फागुन १६ गते ००:०० | Feb 28, 2015
होलीको अवसरमा हुवावे अनर होली हंगामा, विभिन्न उपहार पाइने,मूल्य १३ हजार नौ सय ९९  रुपैयाँ


काठमाडौं । हुवावे मोबाइलले काठमाडौंको पाको, न्युरोड क्षेत्रमा रंगहरुको चाड होलीको अवसर पारेर हुवावे अनर होली हंगामा ल्याएको छ ।
 
हुवावे मोबाइलको पाको, न्युरोड क्षेत्रको लागि एक मात्र अधिकृत वितरक टेलि टु प्रालिले होलीको अवसर पारेर अनर होली हंगामा योजना सार्वजनिक गरेको हो ।
 
फागुन १७ गतेदेखि फागुन २४ गतेसम्म आयोजना गरिने हुवावे होली हंगामामा विभिन्न्न अफरहरु ल्याएको टेलि टुका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
 
काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रमा यो वर्ष फागुन २१ गते र तराईमा २२ गते होली मनाइँदै छ ।
 
पाको, न्युरोड क्षेत्रका पसलहरु तथा ताम्राकार कम्प्लेक्समा रहेका कुनैपनि पसलहरुमा हुवावेको अनर होली स्मार्टफोन खरिद गर्दा आकर्षक टिसर्ट, नगद छुट तथा स्योर सट उपहार दिइने कम्पनीले जानकारी दिएको छ ।
 
‘अनर होली हंगामाको अवधिभर अनर होली खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्की ड्रको माध्यमबाट एक जनाले हुवावे अनर होली पुरस्कार जित्न सक्नेछन्,’ अध्यक्ष बस्नेतले भने, ‘होलीको माहौललाई उल्लासमय बनाउन विभिन्न उपहारहरु स्योर सटमा दिइनेछ ।’
 
कम्पनीले स्योर सट उपहारमा होली खेल्न आवश्यक पर्ने पिच्कारी, रंगहरु, बेलुनहरुलगायतका आकर्षक वस्तु गिफ्ट ह्याम्परमा दिइने जनाएको छ ।
 
कम्पनीका निर्देशक रोशन विष्टले चिनियाँ कम्पनी हुवावे अहिले विश्वको प्रमुख १० मोबाइल कम्पनीमा पर्ने भन्दै नेपालमा पनि यो ब्राण्डका मोबाइलहरुको माग अधिक भएको बताए ।
 
निर्देशक विष्टले न्युरोड क्षेत्रमा हुवावेका मोबाइलहरु विशेषगरी अनर होली मोडलको माग निकै रहेको दाबी गरे । हुवावेको अनर होली मोबाइलको अधिकतम खुद्रा मूल्य १३ हजार ९ सय ९९ रुपैंया रहेको छ ।
 
अनर होली हंगामा अवधिभर ताम्राकार कम्प्लेक्ससहित पाको, न्युरोड क्षेत्रमा रहेका कुनैपनि पसलबाट ग्राहकहरुले हुवावेको अनर होली मोबाइल खरिद गर्दा स्योर सट उपहारका साथै छुटसहित लक्कि ड्रमा सहभागी हुनसक्नेछन् । 
 
यस्तो छ अनर होली

Tata
GBIME
Nepal Life

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले ल्याएको अनर होली स्मार्टफोनमा एकदशमलव तीन गिगाहर्जको क्वाड कोर मिडिया टेक ६५८२ प्रोसेसर राखिएको छ ।
 
यो स्मार्टफोनमा पाँच इन्चको आईपीएस एलसीडी क्यापासीटिभ टचस्क्रीन रहेको छ, जसमा ७२०×१२८० को रिजोल्युसन छ ।
 
दुई सिम प्रयोग हुने यो स्मार्टफोनमा एक जीबीको र्‍याम रहेको छ जसले विभिन्न एप्सहरु प्रयोग गर्न निकै सहज हुनेछ ।
 
विभिन्न एप्स तथा डकुमेन्टहरु, तस्बिरहरु संग्रह गर्न पर्याप्त स्टोरेज अर्थात १६ जीबीको स्टोरेज क्षमता रहेको छ, जसलाई ३२ जीबीसम्म पुर्‍याउन सकिन्छ ।
 
एन्ड्रोइडको किटक्याट ४.४.२ भर्सनमा आधारित यो फोनमा डे ड्रिम भन्ने अप्सन पनि रहेको छ जसले फोन स्लिप मोडमा वा चार्ज गरिरहेको समयमा स्क्रिनमा घडि वा कलर अप्सन राख्न सकिन्छ । यो स्मार्टफोनमा विभिन्न खालका आकर्षक वालपेपरहरु रहेका छन् ।

यो स्मार्टफोनमा आठ मेगापिक्सलको अटोफोकस रियर क्यामरा तथा दुई मेगापिक्सलको फ्रन्ट फेसिङ क्यामरा रहेको छ ।
 
यसमा फेश डिटेक्सन, फेश ब्यूटी, एन्टी फ्लिकर अप्सन पनि रहेको छ । यसमा अँध्यारोमा फोटो खिच्नको लागि अटो फ्ल्याशको सुविधा भएपनि यसको क्यामराले अँध्यारोमा भने आफूले चाहेको गुणस्तरको फोटो खिच्न सक्दैन् ।
 
दुईहजार एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोन सेतो तथा कालो रंगमा उपलब्ध छ ।