बरुण हाइड्रोपावरले आजबाट सर्वसाधारणलाई सेयर जारी, जनउत्थान लघुवित्तको पनि ९० लाखको सेयर

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन सुरु गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका चार लाख ८६ हजार कित्ता सेयर निस्कासन गरेको हो ।
 
कुल सेयरमध्ये कम्पनीले २४ हजार तीन सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । नौ हजार ७२० कित्ता सेयर कर्मचारीले पाउने छन् । बाँकी चार लाख ५१ हजार ९८० कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
 
फागुन २० गते निस्कासन बन्द हुने सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीको विद्युत उत्पादन केन्द्र शंखुवासभाको जलजला गाविसमा छ । 
 
कम्पनीको कुल सेयरमध्ये ७० प्रतिशत प्रवद्र्धकहरुसँग छ । १० प्रतिशत सेयर प्रभावित क्षेत्रका गाविसवाशीसँग छ । बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागिएको हो । कुल २४ करोड ३० लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको सञ्चालक समिति अध्यक्षमा शैलेन्द्र गुरागाई छन् । 

Tata
GBIME
Nepal Life

यसैगरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले पनि आजैबाट साधारण सेयर बिक्री खुला गरेको छ । २०६७ कात्तिक २८ गते बाट वित्तीय कारोबार संचालन गरेको बैंकले सर्वसाधारणलाई पुँजीको ४५ प्रतिशत साधारण सेयर बिक्री गर्न लागेको हो ।

 
बैंकको अहिले एक करोड १० लाख रुपैयाँ चुक्ता पुँजी छ । सर्वसाधारणलाई सेयर जारी गरेपछि कम्पनीको पुँजी दुई करोड रुपैयाँ पुग्ने छ । कम्पनीले ९० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको हो ।
 
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा ग्रोमर मर्चेन्ट बैंकिङ छ । दरखास्त संकल केन्द्रको रुपमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शाखा कार्यालयहरु तथा गुडवील फाइनान्सका शाखा कार्यालयहरु, एनआइबिएल क्यापिटल र साझा विकास बैंकको शाखा कार्यालयहरु छन् ।  
 
रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको बुटवलको मिलनचोक, चितवनको मंगलपुर, नवलपरासीको सुनवल, पाल्पाको तानसेन, बाँकेको कोहलपुर, कैलालीको टिकापुर र बर्दियाको ककौराचोक गरी ७ वटा शाखा संचालनमा  रहेको छ ।