युवा उद्यमी मञ्ले सम्पन्न गर्यो आन्ट्रपेनरसिप बुट क्याम्प, ३० युवायुवतीको सहभागिता

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
युवा उद्यमी मञ्ले सम्पन्न गर्यो आन्ट्रपेनरसिप बुट क्याम्प, ३० युवायुवतीको सहभागिता

काठमाडौँ । युवाहरुमा उद्यमशीलता विकास गर्ने उध्येश्यले नेपाली युवा उद्यमी मन्चले पहिलो 'आन्ट्रपेनरसिप बुट क्याम्प' सम्पन्न गरेको छ । १४ देखि १६ फागुनमा बुढानिलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा सम्पन्न बुट क्याम्पमा ३० जना सहभागि थिए ।

Tata
GBIME
Nepal Life

 

दुई सय ७७ जना आवेदक मध्येबाट बिभिन्न चरणको छनौट पार गर्नेलाई बुट क्याम्पमा सहभागि गराइएको हो ।  बुट क्याम्पमा सहभागिता जनाउन व्यवसायको नवीन सोच सहित आवेदन दिन मञ्चले सार्वजनिक आह्वान गरेको थियो । बिभिन्न पृष्ठभूमी र त्यसमा पनि अधिकांश राजधानी बाहिरबाट आवेदकहरु छनौटमा परेका जनाइएको छ ।
 
तीन दिनको बसाइमा सहभागिले आफ्नो व्यवसायिक सोचलाई बिभिन्न कोणबाट मुल्याङ्कन गर्ने अवसर पाए । पर्यटन व्यवासायी एवं लेखक कर्ण शाक्यले सहभागिहरुलाई पहिलो दिननै प्रेरक मन्तव्य दिएका थिए ।

 

सहभागिहरुलाई व्यवसाय डिजाइन निर्माण प्रकृया एवं व्यवसायिक मोडल क्यानभास पनि सिकाइयो । अमेरिकाको ओक्लोहोमा विश्वविद्यालयबाट आएका विज्ञहरुले व्यवसायिक मोडल क्यानभासको बारे प्रशिक्षण दिएका थिए । विश्वविद्यालयको सेन्टर फर क्रिएसन अफ इकानोमिक वेल्थका कार्यकारी निर्देशक जेफ मोरको नेतृत्वको टोली नेपाल आएको थियो ।

त्यसपछि सहभागिलाई उनीहरुको अवधारणा विजनेश मोडल क्यानभासमा देखाउन लगाइएको थियो ।
 
निर्णायकमा शेर्पा एड्भेन्चर गेयर्सका सिइओ आशुतोष तिवारी, फ्लोर हिमालयन लिमिटेडका प्रवन्ध निर्देशक अजय श्रेष्ठ र नेपाल स्थित अमेरिकी दुतावासका इकोनोमिक एन्ड कमर्स अफिसर तोड जुगबर्ग थिए । फ्युजिङ फेसन एन्ड टेक्नोलोजीको अवधारणा प्रस्तुत गर्ने एफएफटी नेपालले पहिलो स्थान हासिल गर्‍यो । उक्त समुहमा सिवानी क्षेत्री, विकास गुरुङ, सावर्णी खनाल र सन्दिप भगत थिए ।