नागरिक लगानी कोषले १८ जनालाई जागिर खोल्यो, प्रमाणपत्र उत्तिर्णलाई अवशर, महिलालाई तीन सिट

बिजमाण्डू
२०७१ फागुन १७ गते ००:०० | Mar 1, 2015
नागरिक लगानी कोषले १८ जनालाई जागिर खोल्यो, प्रमाणपत्र उत्तिर्णलाई अवशर, महिलालाई तीन सिट
काठमाडौं । नागरिक लगानी कोषले १८ वटा नयाँ नियुक्ति गर्ने भएको छ । कोषले स्थायि नियुक्तिका लागि आइतबार सार्वजनिक सुचना जारी गर्दै आवेदन माग गरेको छ ।
 
कोषले प्रशासन सेवाका लागि चौथो तह (सहायकस्तर) का कर्मचारी माग गरेको हो । कोषको जागिरका लागि न्युनतम प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको हुनु पर्ने छ । कोषले १८ मध्ये १० वटा खुलातर्फबाट नियुक्त गर्ने छ भने बाँकी आठ जना समावेशीतर्फबाट नियुक्त गर्ने छ ।
 
कोषले महिलाका लागि तीन, आदिवाशी तथा जनजातिका लागि दुई, मधेसीका लागि दुई र दलितका लागि एक पद छुट्याएको छ । जागिरका लागि आवेदन दिन १८ बर्ष पुरा भएको र ४० बर्ष ननाघेको हुनु पर्छ । परीक्षा दस्तुत पाँच सय रुपैयाँ तोकिएपनि परीक्षा मिति पछि जानकारी गराइने कोषले उल्लेख गरेको छ ।
 
जागिरका लागि आवेदन आगामी ३० दिनभित्र दिइसक्नु पर्छ । दोब्बेर दस्तुर तिर्नेले थप सात दिनको समय पाउने छन् । यो पदका लागि अनलाइन आवेदन पनि  दिन सकिन्छ । 
 

Tata
GBIME
Nepal Life